आन्दोलनको तयारी गर्दै लघु बित्त पीडित, गाउँ गाउँमा दे.ज.मो.मा संगठित हुदैं

आन्दोलनको तयारी गर्दै लघु बित्त पीडित, गाउँ गाउँमा दे.ज.मो.मा संगठित हुदैं

नवलपरासी पश्चिम – पश्चिम नवलपरासी जिल्लामा लघु बित्त पीडितहरुले आन्दोलनको तयारी गरेका छन् । बिभिन्न दलहरुले आफ्ना माग प्रति उदाशिनता देखाएको भन्दै उनीहरुले संगठित प्रतिवाद गर्ने तयारी गरेका हुन् ।

सो क्रममा गाउँ गाउँमा लघु बित्त पीडितहरुले संर्घष समिति बनाएर आन्दोलनको तयारी गरेको सुनवलकी झुपा क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्लाको बर्दघाट , रामग्राम र सुनवल नगरपालिकामा संगठित भएर लागेका उनीहरुले संर्घषलाई थालनी गर्ने तयारीमा रहेको जनाएका हुन।
पिडितहरु गाउँ गाउँमा स्वर्त स्फूर्त रुपमा संर्घष समितिमा आबद्ध हुदै आएको रामग्राम –१४ की कमला गुरुङले जानकारी दिनुभयो ।

सो क्रममा सोमवार रामग्राम–१४ मा देशभक्त जनगणतान्त्रिक मोर्चाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर २३ सदस्सीय समिति दे.ज.मो.गठन गरिएको छ ।
समितिको अध्यक्षमा कमला गुरुङ, उपाध्यक्षमा कमला थारु सचिवमा लक्ष्मी कुमारी चमार र कोषाध्यक्षमा रुकमाया गुरुङलाई चयन गरिएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला संयोजक सुर्य प्रसाद सापकोटाले बताउनुभयो । किसान महासंघले समेत पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको सापकोटाले जानकारी दिनुभयो ।
मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले यस आन्दोलनलाई साथ दिएपछि पीडितहरुले संगठित प्रतिवाद गर्ने तयारी गरेको बताइएको छ ।
यसैबीच सुनवल १० केरावारीमा पनि देजमोले समिति गठन गरेको छ । सो टोलमा सविता आलेको अध्यक्षतामा १५ सदस्सीय समिति गठन गरेको जनाइएको छ ।
मोर्चाले जिल्लाका बिभिन्न गाउँ गाउँमा शुरु गरेको लघुबित्त तथा मिटर ब्याज पिडितहरुसंग अन्तरक्रिया कार्यक्रमको अवसरमा उक्त समितिहरु गरिएको अध्यक्ष चुडामणी भण्डारीले जानकारी गराउनुभयो ।