अखिल क्रान्तिकारी ललितपुर जिल्लाव्दारा ललितपुर महानगरपालिका शिक्षा विभाग प्रमुखलाई विरोध पत्र हस्तान्तरण

अखिल क्रान्तिकारी ललितपुर जिल्लाव्दारा ललितपुर महानगरपालिका शिक्षा विभाग प्रमुखलाई विरोध पत्र हस्तान्तरण

साउन ९ ललितपुर ।
केही समयदेखि ललितपुर जिल्लाका केही नीजी विद्यालयहरुमा विद्यार्थीहरुमाथि विद्यालय प्रशासनव्दारा गरिएका अमानवीय खालका दमन भइरहेको जानकारीवारे अखिल क्रान्तिकारी ललितपुर जिल्लालाई अवगत भएको र त्यस्ता जघन्य अपराधपूर्ण कार्यहरुको निन्दा र भत्र्सना गर्दै निम्न विज्ञप्ति प्रकाशित गरिएको छ । साथै अखिल क्रान्तिकारी ललितपुर जिल्लाव्दारा ललितपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुखलाई पनि उक्त कार्यको विरोध र निन्दा गर्दै तत्काल रोक्ने माग गर्दै उक्त विज्ञप्ति बुझाएको जानकारी अखिल क्रान्तिकारी ललितपुर जिल्ला अध्यक्ष हरी सिंह साउदले दिनु भएको छ ।