असार १ चितवन ।
अमेरिकी सेना नेपालमा भित्र्याउन लागिएको एसपीपी सम्झौताका विरुद्ध नेकपा( क्रान्तिकारी माओवादी ) चितवनव्दारा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने कार्यक्रम सम्पन्न गरिएको छ ।

विरोध जुलुस इएफसि रोडमा जम्मा भई नेपाललाई अमेरिकी सैन्य गठवन्धन राष्ट्र बनाउने षडयन्त्रको भण्डाफोर गरौं ! राष्ट्रघाती एमसीसी खारेज गर ! राष्ट्रिय स्वाधिनताका रक्षा गरौ ! आदि लेखिएको व्यानरसहीत विशाल चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।


कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले सम्वोधन गर्नु भएको थियो । सम्वोधनपछि राष्ट्रघाती प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको थियो ।
जुलुस र कोणसभामा नेकपा(क्रान्तिकारी माओवादी) पिविएम अम्वीका मुडभरी, पार्टीका सिसिएम तथा चितवन जिल्ला इन्चार्ज विकास र चितवन जिल्ला भित्रका पार्टीका नेता तथा कार्यकताहरुको सहभागिता थियो ।































