काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र सम्बद्ध जवस मोर्चाको संयुक्त आयोजनामा अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।
देजमो र सम्बद्ध जवस मोर्चाका नेता कार्यकर्ताहरुले रत्नपार्क शान्तिबाटिकाबाट विरोध ¥याली निकालेका छन् । विरोध ¥याली, जमल, महेन्द्र शालिक, नारायणहिटी हुँदै एमसीएको कार्यालय याक एण्ड यति होटलको गेटमा पुगेर विरोधसभामा परिणत भएको छ ।
विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम अटल र जवस मोर्चाका केन्द्रीय नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।
विरोध ¥यालीमा राष्ट्राघाती एमसीसी र एसपीपी खारेज गर, राष्ट्रिय स्वाधीनता कायम गर, राष्ट्रघाती दलालहरु मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, एसपीपी चाहिदैन, देश बेच्न पाइदैन’ लगायतका नाराहरु लगाइएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर