असार २ चितवन ।
अमेरिकी सेना नेपालमा भित्र्याउन लागिएको एसपीपी सम्झौताका विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी)सहित १२ दलीय राजनीतिक मोर्चाको आयोजनामा राष्ट्रघाती प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिने कार्यक्रम बनाइएको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार यही असार ४ गते १२ दलीय राजनीतिक मोर्चाको संय«क्त आयोजनामा चितवनको लायन्सचोकबाट दिनको ११ बजे जुलुस शुरु गरी चितवनकै नारायणघाट पुल्चोकमा पुगी राष्ट्रघाती एसपीपी सम्झौता गर्ने प्रधानमन्त्री देउवाको पुत्ला जलाउने कार्यक्रम निर्धारण गरिएको छ ।
१२ दलीय राजनीतिक मोर्चामा निम्न दलहरु छन् :
नेकपा(क्रान्तिकारी माओवादी), नेकपा, नेकपा(बहुमत), राजमो, वैज्ञानिक समाजवादी क.पा. नेपाल, माओवादी क.पा. नेपाल, नेकपा,नेकपा(माओवादी समाजवादी), नेकपा(मसाल) केसस, जनसमाजवादी मञ्च नेपाल, त्रिमूल नेपाल, उन्नत लोकतान्त्रिक पार्टी छन् ।






























