काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठन क्रान्तिकारी युवा लिगको प्रदेश ३ को भेला सम्पन्न भएको छ ।

भेलाले असल वाइवाको अध्यक्षतामा २३ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । भेलाले उपाध्यक्षमा हरि विक, सचिवमा जितु गोले, सदस्यहरुमा सविन बज्राचार्य, दया लिम्बु, धन मोक्तान, रविन श्रेष्ठ, रामशरण केसी, आकाश ढलकोटी, रेशम साह, शिवहरि घिमिरे, प्रकाश पुडासैनी, हरि महत, दिपक बलयकोटी लगायतलाई निर्वाचित गरेको छ ।

हार्दिक शुभकामना !

भेलाले ९ सदस्य पछि थप्ने समेत निर्णय गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लिगका अध्यक्ष अमिर महर्जन, पार्टी पीवीएमहरु अटल, प्रवेश, क्रान्तिकारी युवा लिगका पदाधिकारीहरु लगायत, पार्टीका केसहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर