जेठ २४ लुम्बिनी ।
आज ५ नं.प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा क्रान्तिकारी युवालिग,नेपालको दोस्रो प्रदेश भेला सफलतापूर्वक सम्पन्न भएको छ । भेलामा नेकपा(क्रान्तिकारी माओवादी) पिबिएम तथा ५ नं.प्रदेशका इन्चार्ज प्रेम सुवेदीको प्रमुख अतिथ्यता रहेको थियो ।

प्रमुख अतिथिबाट ब्यानर उद्घाटन संगै भेला प्रारम्भ गरिएको थियो । भेलामा रुपन्देही जिल्ला पार्टी सचीव बिनोद मरासिनी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्का केन्द्रिय सदस्य राजु भुजेल , दलित रास्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य बिक्रम नेपाली र सहिद परिवारका तर्फबाट मन बहादुर वलीले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने क्रान्तिकारी युवालिग,नेपालका प्रदेश सदस्य बिनये स्वागत मन्तव्य राख्नु भएको थियो ।


भेलाले दिल बहादुर कठायतको नेतृत्वमा १९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ, जसमा प्रगति राना,बिनय,मनोज थापा,गायत्री घोडासैनी,राजेन्द्र न्यौपाने,सङगिन थापा, बिनोद सारु, राजन सुनार, मिना पुन, तरुन श्रीस मगर, अन्जना बिस्ट, अमृता थारू, शुसिला सुनार,इन्र्दिरा खनाल गरि १६ सदस्य पुर्ण र ३ जना पछि थप्ने गरि १९ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ । अन्तमा कार्यक्रमका अध्यक्ष तथा क्रान्तिकारी युवालिग,नेपालका प्रदेश सयोजकबाट प्रतिबद्धता सहित कार्यक्रम समापन भयो ।
भेलाको अध्यक्षता र संंचालन दिल बहादुर कठायतले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर