२३ जेठ चौतरा ।
क्रान्तिकारी युवा लिग ,नेपाल सिन्धुपाल्चोकको जिल्ला भेला यही जेठ २३ गते धन मोक्तानको अध्यक्षतामा १७ सदस्य कमिटी निर्माण गर्दै सम्पन्न भएको छ ।


भेलाले धन मोक्तानलाई अध्यक्ष, उपाध्यक्ष विशाल लामा, सचिव रविन, सहसचिव रिया श्रेष्ठ, कोषाध्यक्ष निरोज लामा लगायत अन्य १२ जना सदस्यहरु चयन गरेको छ ।


भेलाको प्रमुख अतिथिमा क्रान्तिकारी युवा लिग ,नेपाल केन्द्रीय कोषाध्यक्ष ज्ञानु खतिवडा, अतिथिमा तिलक श्रेष्ठ, धन तामांग, सुर्य तामांग र अर्पना श्रेष्ठ हुनुहुन्थ्यो । उक्त भेलाको संचालन रविन श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर