२२ जेठ विराटनगर मोरङ ।
नेकपा (क्रान्तिकारी माओवादी) आवद्ध युवाहरुको संगठन क्रान्तिकारी युवा लिग नेपाल,प्रदेश नम्बर १ को दोस्रो प्रदेश भेला सम्पन्न भएको छ ।
आइतबार मोरङको विराटचोकमा सम्पन्न भेलाले रविन लिम्बुको नेतृत्वमा २९ सदस्य प्रदेश कमिटि चयन गरेको हो । उक्त कमिटिको अध्यक्षमा रविन लिम्बु रहनु भएको छ भने उपाध्यक्ष त्रय प्रवेश कार्की , कुल बहादुर श्रेष्ठ, र जलन रुचाल रहनु भएको छ । यस्तै सचिवमा देव मुण्डा चयन हुनुभएको छ । सदस्यहरुमा नेत्र , राजकुमार राई , राजन रेग्मी , विक्रम बोहोरा , हरी चौधरी , कृष्ण ठाकुर ,पासाङ शेर्पा , भिम खवास , पाउलुस सोरेन, इसुव मनसुरी ,कृष्ण गुरुङ र शिलराज शर्मा लगायत रहनु भएको छ ।
सो भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश १ सेक्रेटरी सरल रहनु भएको थियो । उहाँले परिवर्तनको आन्दोलनमा युवाले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो । सेक्रेटरी सरलले अन्याय अत्याचार ,भ्रष्टाचार र नाताबादको अन्त्य गर्नका लागि संसदीय व्यवस्थाको विकल्पमा युवाहरु लाग्नु पर्ने भनाई राख्नु भयो ।
सोहि भेलालाई सम्बोधन गर्दै पर्टीका केन्द्रिय सदस्य तथा मोरङ इन्चार्ज विद्रोहीले युवाहरुलाई देशले मागिरहेको भन्दै उत्पीडित वर्ग ,उत्पीडित जाति र उत्पीडित क्षेत्रलाई अगाडि बढाउन क्रान्तिकारी युवा लिग डटेर लाग्नु पर्ने बताउनु भयो । उहाँले अन्याय अत्याचारको विरुद्ध आवाज उठाउने क्रान्तिकारी चेत भएका युवाहरु मात्र समाजको अग्रदस्ता हुने बताउदै शान्त र समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु जाग्नु पर्ने धारणा राख्नु भयो ।
यसैगरी भेललाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज बिमल आचार्यले संसदीय व्यवस्था अन्त्यका लागि युवाहरु नै अगाडि बढ्नु पर्ने भनाई राख्नु भयो । पार्टीका केन्द्रिय सदस्य तथा क्रान्तिकारी युवा लिग प्रदेश नम्बर १ का फ्याक्सन इन्चार्ज बादलले पुर्वका युवाले अबको परिवर्तको नेतृत्व लिनु पर्ने भन्दै संसदीय व्यवस्था अन्त्यका लागि जस्तोसुकै अवस्थामा संघर्ष गर्न पनि क्रान्तिकारी युवा लिग तयार रहनु पर्ने बताउनु भयो ।
यस्तैगरी पार्टीका अर्का केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सेक्रेटरी पेमाले युवाहरु विचार र चेतनाले अब्लल हुनुपर्ने बताउदै मुलुक परिवर्तनको शक्ति क्रान्तिकारी युवाहरु भएको भनाई राख्नु भयो । सोहि भेलालाई शुभकामना दिदै पार्टीका प्रदेश सदस्य तथा धरान उपमहानगरपालिका सेक्रेटरी पारसले युवाहरुकै हातमा देशको भविष्य रहेकाले सबै निराशाहरुलाई पन्छाएर परिवर्तनको आन्दोलनमा होमिनु पर्ने धारणा राख्नु भयो ।
सो भेलाको अध्यक्षता गर्नुभएका रविन लिम्बुले पुन: आफुले पाएको जिम्मेवारी पुरा गर्ने बताउदै पार्टीलाई उचाइमा पुर्‍याउन क्रान्तिकारी युवा लिग सदैव तयार रहने प्रतिवद्धता जनाउनु भयो । उक्त भेलाको संचालन क्रान्तिकारी युवा लिगका प्रदेश सचिव देव मुण्डाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर