
जेठ २० विराटनगर ।
दैनिक उपभोग्य वस्तु तथा पेटो«लियम पदार्थको मुल्य वृद्धिका विरुद्ध विराटनगरमा नेकपा(क्रान्तिकारी माओवादी) सहितका दलले विरोध प्रदर्शन गरेका छन् ।
विराटनगरको संसरीमास्थान देखि नारा जुलुश गर्दै निकालिएको र्यालीले बढ्दो महंगी नियन्त्रण गर , दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि नियन्त्रण गर, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर , सम्पूर्ण नागरिकका आधारभूत अधिकार ज्ञारेण्टी गर , कालोबजारी र भ्रष्टाचारीलाई कार्वाहि गरौँ , संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा लगाएका थिए । बजार परिक्रमा गरी जुलुश कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विद्रोहीले मजदुर ,किसान तथा सुकुम्बासीको विरुद्धमा रहेको सरकारले नागरिकका आधारभूत आवश्यकता पुरा गर्न नसक्ने बताउनु भयो । उहाँले वैदेशिक बजारमा मुल्य बढेको बहानामा पेट्रोलियम पदार्थको मुल्य बढाउन नहुने भन्दै करमा समायोजन गरेर नागरिकलाई सहुलियत दिनु पर्ने माग राख्नु भयो । विद्रोहीले महिला हिंसा,महंगी ,कलोबजारी ,भ्रष्टाचार तथा मुलुकमा घटेका सबै अन्याय अत्याचारको मुख्य कारण दलाल संसदीय व्यवस्था भएको भन्दै यसको विकल्पमा जनवादी गणतन्त्र आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले बजेट भाषण मार्फत जनताले उपभोग गर्न नपाउने हावादारी गफ गरेको भन्दै किसानलाई सहज रुपमा मल विउ उपलब्ध गराउन पनि माग गर्नु भयो ।
कोणसभामा नेकपा (बहुमत)का नेता भानु प्रदेशीले प्रतिक्रयावादी निर्वाचनमा गरिएको खर्च उठाउन महंगी बढाएको बताउनु भयो । उहाँले छलछाम र षड्यान्त्र पुर्वक पेट्रोलिय पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मुल्य बढाएको भन्दै तुरुतै फिर्ता लिन माग गर्नु भयो ।
कोणसभाको संचालन अप्सरा बानीयाँ निरौलाले गर्नु भएको थियो ।