नेकपा ( क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिव्दारा पेट्रोलियम पदार्थ लगायतका महंगीको बिरोधमा जिप्रकामा ग्यापन पत्र बुझाइयो

नेकपा ( क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिव्दारा पेट्रोलियम पदार्थ लगायतका महंगीको बिरोधमा जिप्रकामा ग्यापन पत्र बुझाइयो

जेठ १७ सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समिति सेक्रेटरी सुवर्णको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा हालैसम्म बृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका महंगीको बिरोधमा एक ग्यापन पत्र बुझाउने काम सम्पन्न गरियो ।
सो ग्यापन पत्रमा नेपाल सरकारका प्रधानमन्त्रीको कार्यालय सिहदरवारमा पठाइदिन अनुरोध गरिएको छ । उक्त ग्यापन पत्र देशभक्त जनगणतान्त्रिक मोर्चाको नेपालका जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले पढेर सुनाएपछि प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको थियो ।
उक्त ग्यापन पत्र बुझ्दै सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो मातहतका मागहरु हल गर्ने र समस्या समाधान गर्न कोसिस गर्नुको साथै अन्य मागहरु संबन्धित निकायमा पठाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । ग्यापन पत्र बुझाउन जिल्ला समिति सेक्रेटरी सुवर्णको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति सदस्यहरु हरि बस्नेत ,हरि महत, बुद्धि बि क, कृष्ण बिक, कृष्ण कार्की आदि जानु भएको थियो ।