काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल र राष्ट्रिय जनमाेर्चाकाे संयुक्त आयाेजनामा बुधबार दाङकाे घाेराही स्थित ट्राफिक चाेकमा पेट्राेलियम पदार्थमा गरिएकाे मुल्यवृद्धिका विरुद्ध विराेध प्रदर्शन गरिएकाे छ ।
विराेध प्रदर्शनलाई देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष इश्वरीप्रसाद गैरे, नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडे, अनेमसंघ (क्रान्तिकारी) कि नेतृ शुशिला आचार्य, नेकपा (मसाल)का जिल्ला नेता रामबहादुर जिएम, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष रेशम विसीले विराेध मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन शशिराम बुढाथोकीले गर्नुभएकाे थियाे । कार्यक्रममा वक्ताहरुले पेट्राेलियम पदार्थमा गरिएकाे मुल्यवृद्धि तत्काल फिर्ता गर्न, महंगी, कालाबजारी नियन्त्रण गर्न, लैङ्गिक हिंसा अन्त्य गर्न माग गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार