काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धिको खारेजीको माग गर्दै बालुवाटार घेराउन गर्ने संघर्षका कार्यक्रम घोषणा गरेको छ । क्रान्तिकारी माओवादीको प्रदेश ३ कमिटिले मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मूल्यवृद्धि फिर्ताको माग गर्दै १३ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने सम्मका संघर्षका कार्यक्रम घोषणा गरेका हो ।
क्रान्तिकारी माओवादीको ३ नं. प्रदेशका सेक्रेटरी प्रवेशले जारी गरेको वक्तव्यमा चुनाव सकिएपछि सरकारले दुई पटक पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।
“चुनावको सकेको भोलिपल्ट बैशाख ३१ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रतिलिटर रु। १० का दरले मूल्यवृद्धि गरी जनताको ढाड सकाएको विरोधको स्वर मत्थर हुन नपाउँदै जेठ ९ गते पुनः पेट्रोलियम पदार्थको प्रतिलिटर १० दरले र ग्यासको प्रतिसिलिण्डर २ सय का दरले मूल्य वृद्धि गरिएको छ । यसले ढुवानीको भाडा बढाउने र सबै उपषेग्य सामाग्री तथा बस्तुमा महंगी ह्वत्तै बढाएर जनताको ढाड सेक्ने काम गर्दछ । बर्ष दिनमा प्रतिक्रियावादी संसदीय सरकराले पेट्रोलियम पदार्थमा झण्डै दोब्बर भाउ बढाएर जनताको हुर्मत लिने काम गरेको छ” वक्तव्यमा भनिएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्यूरो समिति सदस्य दिनेश शर्मा सागरले आफ्नो पार्टीले राष्ट्रियता, महंगी लगायतका विषयमा संघर्ष गर्दै आएको बताउँदै हालै बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्ष चर्काउने चेतावनी दिनुभयो । उहाँले मूल्यवृद्धि र महिलामाथि भइरहेका यौन हिंसाको विरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको बताउनु भयो ।
पत्रकारको प्रश्नको जवाफ दिँदै शर्माले आफ्नो पार्टीले सरकारका गलत रवैयाको भण्डाफोर तथा विरोध गर्दै आइरहेको बताउँदै प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने र यही जेठ १७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी समेत दिनुभयो । उहाँले महंगीले जनसर्वसाधारण हैरानी भइरसकेको बताउँदै शर्माले मूल्यवृद्धि फिर्ता नलिए सम्पूर्ण जनता सडकमा आउने र आन्दोलनको आँधीबेहरी आउन सक्ने बताउनु भयो । सडकमा आउनेको संख्या थोरै देखेर सरकारले मनपरी गर्दै गए त्यसको परिणाम महंगो हुने चेतावनी समेत शर्माले दिनुभयो सत्यको पक्षमा बोल्ने सुरुमा थोरै हुने समेत उहाँले बताउनु भयो ।
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशालाले कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरेको हो।
आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै तीनजना विद्यार्थीले गौशाला वृत्तमा जाहेरी दिएका छन्। उनीहरूले शिक्षकलाई कारबाहीको माग गर्दैै मंगरबार गौशाला प्रहरी कार्यालयमा धर्ना र नाराजुलुस गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार विद्यार्थीले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको हो। उनीमाथि गौशाला वृत्तले अनुसन्धान थालेको छ।
पक्राउ परेका शिक्षक अधिकारीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिएको छ। शिक्षक अधिकारीले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विद्यार्थीको आरोप छ। शिक्षकले गरेको दुर्व्यवहारबारे कलेज प्रशासनलाई जानकारी गराए पनि चासो नदिएपछि विद्यार्थी आन्दोलित बनेका थिए। उनीहरूले शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।