मुल्यवृद्धि खारेजीको माग गर्दै अखिल (क्रान्तिकारी)ले गर्याे निगम घेराउसहित विराेध प्रदर्शन (फाेटाेफिचर)

मुल्यवृद्धि खारेजीको माग गर्दै अखिल (क्रान्तिकारी)ले गर्याे निगम घेराउसहित विराेध प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि अबिलम्ब खारेज गर्न माग गर्दै आयल निगमकाे कार्यालय घेराउ गरेको छ ।
अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको गरिएको मुल्यवृद्धि खारेजीको माग गर्दै त्रिपुरेश्वरदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयसम्म र्याली गर्दै विरोध कार्यक्रमको आयोजना गरेको हाे ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थको मुल्य बृद्धि तत्काल फिर्ता गर्न माग गर्नु भयाे । जनताको ढाड सेक्नेगरी बढाइएको मुल्य वृद्धि फिर्ता नगरे सडकको बीचमा ल्याएर जनतामारालाई पछार्ने समेत चेतावनी दिनु भयाे ।
प्रधानमन्त्री देखि गृहमन्त्रीको मिलेमतोमा मृल्य वृद्धि भएको र राष्ट्र दोहन भइरहेको भन्दै जनताघातीहरुलाई नांगेझार पार्ने चेतावनी दिनुभयाे ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन ‘आन्तरिक’ मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।