पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी माओवादी सम्वद्ध अखिल(क्रान्तिकारी )को प्रेस विज्ञप्ति

पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी माओवादी सम्वद्ध अखिल(क्रान्तिकारी )को प्रेस विज्ञप्ति

९ जेठ काठमान्डौ ।
नेपाल सरकार र नेपाल आयल निगमले एक हप्ताभित्रै पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गराएका छन् । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिण्डिर रु. २०० बढाएर १,८०० रुपैयाँ पुर्‍याइएको छ । परिणाम संगसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको मूल्य पनि बढिरहेको हुन्छ ।
दलाल संसदीय राज्यव्यवस्थाले चरम रुपमा स्रोत र साधनको दुरुपयोग गरी पैसाको खोलो बगाएर भरखरै स्थानीय तहको निर्वाचन गरेको छ र स्थानीय तहको निर्वाचन सक्दा–नसक्दै सरकारले दुई–दुई पटक इन्धनको मूल्यवृद्धि गरीे जनताको जीवन अझ सङ्कटपूर्ण बनाउने काम गरेको छ । स्थानीय तहको निर्वाचन मा भागलिएका जनतालाई संसदवादी दलहरु र सरकारको यो उपहार भएको छ ।
यसै सन्दर्भमा क्रान्तिकारी माओवादी सम्वद्ध अखिल(क्रान्तिकारी )ले मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि र विद्यमान बेथिति, भ्रष्टाचार, महँगीलगायत वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक आग्रह गर्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरेको छ र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार आजै अहिले ११३० बजे त्रिपुरेश्वरमा जम्मा भई मूल्यवृद्धिका विरुद्ध नाराजुलुससहित टेकुस्थित आयल निगमको कार्यालयमा पुगेर निमग घेराउसहित विरोध प्रदर्शन गर्ने कार्यक्रम भइरहेको छ ।