काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएको छ ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले दिएको जानकारी अनुसार आज ११ बजे त्रिपुरेश्वरमा जम्मा भई मूल्यवृद्धिका विरुद्ध नाराजुलुससहित टेकुस्थित आयल निगमको कार्यालयमा पुगेर निमग घेराउसहित विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

विरोध कार्यक्रममा सहभागितामा आम विद्यार्थीहरुलाई उहाँले आव्हान समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर