नेपाल कसैको दास दासी बनेको ईतिहास छैन

नेपाल कसैको दास दासी बनेको ईतिहास छैन

वर्तमान देशको वस्तुस्थितिलाई लिएर भन्नुपर्दा नालायक एवम अमेरिकी दलाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार छ भने, भरिया संसद, झगडालु सर्वोच्च र रमिते जनता रहेका छन् । विश्वको ईतिहालमा आजसम्म नेपाल कुनै देशको दास दासी बनेर बसेको इतिहास छैन । तर, अहिले नालायक व्यक्ति र भरिया संसदले एमसीसी पास गरेर विश्व साम्राज्यवादी अमेरिकाको कानुन लाद्ने जमर्को गर्दैछन् । तर, नेपालका कुनै पनि स्वाभिमानी नेपालीहरुका लागि मान्ने हुने छैन । र लागु गर्न कुनै हालतमा दिने छैनन् । बरु यस्को उल्टो ती दलालहरुलाई खुल्लैयाम सडकमा ल्याएर आवश्यकता अनुरुप छाला काढेर फुटबल बनाई गुर्काउने छन् ।
यस अर्थ खासमा भन्नुपर्दा सर्वोच्चका प्रधान न्यायधिस चोलेन्द्र जिम्मेवार व्यक्ति हुन् । तर, यस्ता दलाललाई सत्तामा पुर्‍याउनुको सँगै हिस्सेदारी दावी गर्न पछि नपरेको सारा नेपाली सामु छरपस्ट रही आएकै कुरा हुन् । जस्को विरुद्ध अर्थात भ्रष्ट र नालायक सर्वोच्चका प्रधान न्यायधिस भन्दै चोलेन्द्र विरुद्ध बार एसोसिएसनले राजिनामा माग गर्दै चर्को विरोध गरेका थिए । खासमा भन्नु नै पर्दा अमेरिकी दलाल शेर बहादुर देउवालाई सत्ताको नेतृत्वमा पुर्‍याएर सिंगो देशलाई अमेरिकाको दासी बनाउन भरमगदुर कोशिस गर्दै एमसीसी परियोजना भरिया संसदबाट पास गर्नुमा चोलेन्द्र पनि कम दोसी छैनन् ।
संसदीय व्यवस्था विरुद्ध दस वर्षिय जनयुद्धको नेतृत्व ओगटि आएका प्रचण्ड हिजोआज उही संसदी व्यवस्था भित्रका प्रतिक्रियावादीहरुको क्याम्पभित्र आम जनताका दुष्टजनहरुसँग चोचोमोचो जोर्दै दश वर्षिय जनयुद्धका क्रममा हजारौं हजार युवा युवतीहरुको बलिदानबाट रक्ताम्मे भूमिमा रमाउँदै ती युवा युवतीहरुको रगतमा दुबुल्की मार्दै खरबौं सम्पत्तिको आहलमा आनन्दित मनले जीवन यापन गर्न पुगिरहेका छन् ।
देशमा आमूल परिवर्तनको निम्ति लाउँलाउँ खाउँखाउँको स्थितिबाट गुज्रंदै गरेको युवा युवतीहरु आफ्नो जीवनको कुनै पर्वाह नै नगरी जनयुद्धमा होम्न पुगेकाको रगतमा रमाउन पुगिरहेको यी तमाम् साम्राज्यवाद विस्तारवाद र प्रतिक्रियावाद तथा तिनका दलालहरुलाई छानीछानी छाला टांगेर नामोनिशान मेति पठाउनृु आजका जागरुक विश्व–जनसमूदायको दायित्व नै हो ।
क्रान्ति र प्रतिक्रान्तिको बीचमा खडा दार्शनिक चिन्तनलाई हामीले भ्रान्तिको दर्शनका रुपमा बुझ्न उपयुक्त हुन्छ र यो नव संशोधनवाद एवं मध्यपन्थको सैद्धान्तिक जगमा आधारित रहेको छ ।
प्रति क्रान्तिकारी, संशोधनवादी र क्रान्तिकारी तीन ओटै राजनीतिलाई एउटै ठाउँमा मिसाएर यसले विचित्र प्रकारको इन्द्र धनुषी धोल तयार पार्ने गर्दछ र त्यसैलाई माक्र्सवादको संज्ञा दिन्छ ।
द्वन्दवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दछ । जनता स्वयंम मैदानमा उत्रिएर मात्र जनयुद्ध सफल बन्ने भए क्रान्तिको पथप्रदर्शक सिद्धान्त र त्यसको नेतृत्व गर्ने पार्टीको आवश्यकता नै पर्ने थिएन ।
द्वन्दवाद गुणात्मक धक्का र छलाङ्गको दर्शन हो, यो श्रमिक विकास र मात्रामा मात्र सीतित रहन्न, यसले विपरितहरुको वाद, विवाद र संवादको माग गर्दछ, यो संवाद केवल गुणात्मक धक्का र छलाङ्गबाट मात्रै सम्पन्न हुन्छ । परन्तु यसका विपरित भँडुवा विकासवादले केवल मात्रात्मक परिवर्तन र श्रमिक विकास मात्रलाई ध्यान दिन्छ ।
मध्यमार्ग द्वन्दवादका विरुद्ध भँडुवा विकासवादको जगमा खडा छ । भँडुवा विकासवाद साम्राज्यवादी, फासिवादी दर्शन हो र नेपाली मध्यमार्गीहरुले पनि यसै दर्शनको वकालत गरेर माओवादी जनयुद्ध माथि भीषण आक्रमण गरिरहेका छन् ।
माओवाद माओवादीलाई आजको सर्वहारा क्रान्तिको विज्ञान र माक्र्संवाद–लेनिनवादको उच्च शिखरका रुपमा अस्वीकार गर्नु र त्यसका विरुद्ध आफुलाई वर्नस्टाइन, काउत्साकी, खुस्चोभ, तेङ्ग आदिको वफादार चाकरको पंक्तिमा पुर्‍याउँदै लग्नु, नेपाली क्रान्तिको विशिष्टता अनुरुप नेपाली वर्ग संघर्षको उच्चतम अभिव्यक्तिका रुपमा नेपाली मौलिकताको हराभरा वन सहित पहल गरिएको जनयुद्धलाई यान्त्रिक, विदेशी नकल, रिमको दवाव, रेजिस डेब्रेमार्का आदि भनेर बदनाम गर्ने धृष्टता गर्नु, मिति पुगिसकेको पुरातन संसदीय व्यवस्था एवं त्यसको चुनावी राजनीतिको परिधि बाहिर क्रान्तिको विकासको कुनै पनि संभावना नदेख्नु, देशभित्र र बाहिरका पतीत भैसकेका गद्दारहरुलाई प्रगतिशील एवं नाम भनेर चोख्याउन पुरै कसरत गर्नु र विश्वक्रान्तिमा महत्वपूर्ण भूमिका खेल्दै आएको रिम तथा त्यसमा आवद्ध क्रान्तिकारी कम्युनिष्टहरुका विरुद्ध पुरै विषवमन गर्नु यसै संसदीय मतवाद पनि कुपमण्डुकतावादका कुरुप सवूत हुन् ।
महान लेनिनको उक्ति :– ‘सच्चा अतरराष्ट्रवादीहरुसँग क्रान्तिकारी सर्वहारावर्गका सच्चा प्रतिनिधिहरुसँग पूँजिपतिवर्गले पाशविक व्यवहार गरोस, उनीहरुले जति धेरै क्रुरता तथा पाश्विकता देखाउने छन्, सर्वहारा क्रान्तिको विजयको दिन उतिनै नजिक आउने छ’ (लेनिन– अमेरिकी मजदुरहरुलाई चिठ्ठी) ।
जो खाली यो शर्तमा सर्वहारा क्रान्तिका लागि “राजी हुन्छ” कि त्यो सजिलै सुगम रुपले अघि बढ्ने छ, कि शुरुमै विभिन्न देशका सर्वहाराहरुले संयुक्त कार्वाही गर्ने छन्, कि हार नहुने कुराको पहिले नै ग्यारेण्टी हुनेछ, कि क्रान्तिको बाटो फराकिलो मुक्त र सिधा हुनेछ, कि विजय तिर बढ्ने क्रममा ठूलो बलिदान गर्ने, “घेराबन्द किल्लामा पर्खन पर्ने” अथवा अत्यन्त आपद, दुरगम् टेढोमेढो र खतरनाकपहाडी गोरेटोबाट हिंड्ने आवश्यकता पर्ने छैन, त्यो मान्छे क्रान्तिकारी हुँदै होइन, त्यस्ले बुजुर्वा बुद्धिजीवीको पंडित्याईंबाट आफुलाई मुक्त गरेकै छैन, त्यो हाम्रो दक्षिणपंथी समाजवादी क्रान्तिकारीहरु, मेन्सेभिकहरु र यहाँसम्म कि (विरलै भए पनि) बामपंथी समाजवादी क्रान्तिकारीहरु झैँ वस्तुत: निरन्तर प्रतिक्रान्तिकारी बुजुर्वा कित्तामा गइरहेको हुनेछ” (लेनिन – अ.म.हरुलाई पत्र) ।
यो माक्र्सवादी द्वन्दवादलाई अधिभूतवादी – आदर्शवादी ढंगले व्याख्या गरी त्यसलाई विकासवादी सिद्धान्त (त्जभयचथ या भ्खयगितष्ल) को स्तरमा झार्ने संशोधनवादी सुधारवादी तत्वका विरुद्ध संघर्षका क्रममा हाम्रो पार्टीले क्रान्तिको सिद्धान्त ९त्जभयचथ या च्भखयगितष्यल० का रुपमा ग्रहण गर्नुको परिणाम हो । १८७० अगष्ट १५ मा “एङगेसले माक्र्सलाई लेखेको पत्रमा :– “जुन जनताले लात र मुक्का बाहेक पाएका छैनन्, तिनीहरुले वास्तवमा सामाजिक क्रान्ति गरेर ठीकै काम गरेका छन् । द्वन्दवाद गुणात्मक धक्का र छलाङ्गको दर्शन हो, यो क्रमिक विकास र मात्रामा मात्र सीमित रहन्न, यसले विपरितहरुको वाद विवाद र संवादको माग गर्दछ, यो संवाद केवल गुणात्मक धक्का र छलाङ्गबाट मात्रै सम्पन्न हुन्छ ।
माओवादले अङ्गीकार गर्दै आइरहेको सर्वहारा क्रान्तिको विज्ञान र माक्र्सवाद–लेनिनवाद–माओवादको उच्च शिखरलाई जानाजान अपहेलित गर्दै त्यस्का विरुद्ध बर्नस्टाइन, काउत्सकी, खु्रस्चोभ र टेङ्ग आदिको वफादार चाकर पंक्तिमा उभ्याउँदै नेपाली क्रान्ति विरुद्ध वकालत गर्ने दुसाहस गर्नु नै हो ।

२०७९/०१/१८
ताहाचल, काठमाडौँ