बैशाख २८ काठमान्डौ ।
हिजो राती देजमो नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष नेत्रबहादुर रानाभाटका पिता श्री टंकबहादुर रानाभाटको ७३ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको निभनप्रति देजमो अध्यक्ष सीपीगजुरेलव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ, जसको पूर्ण पाठ तल दिइएको छ :
हार्दिक श्रद्धाञ्जली !
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष क. नेत्रबहादुर रानाभाटका पिता श्री टंकबहादुर रानाभाटको ७३ वर्षको उमेरमा हिजो असामयिक निधन भएको खबरले हामी दु:खी भएका छौं । उहाँका श्रीमती, छोरा क. नेत्रबहादुर रानाभाट, एक छोरी, बुहारी, ज्वाइँ, एक नातिनी र दुई नाति हुनुहुन्छ । दिवङ्गत टंकबहादुर रानाभाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

……………………..
सी.पी. गजुरेल
अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित खवर