मजदुरवर्गको हक, अधिकार र व्यवस्थाको पक्षमा संघर्षरत संयुक्त ट्रेड युनियन संघर्ष समितिमा आवद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सहितका पाँच ट्रेड युनियन महासंघले प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कारका निम्ति सम्पूर्ण मजदुर किसान एवं शोषित–उत्पीडित वर्ग समुदायमा अपिल गर्दै संयुक्त वक्तव्य प्रकाशित गरेका छन । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ :

संयुक्त वक्तव्य
प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौं !
यहि बैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुन गइरहेको छ । मजदुरवर्गको सार्थक सहभागिता बिनाको यस्ता चुनावी प्रतिस्पर्धाले श्रमजीवी मजदुर, किसान तथा शोषित–उत्पीडित वर्ग समुदायका हित–अधिकारको रक्षा एवं प्रतिनिधित्व गर्न सक्दैन भन्ने इतिहास सिद्ध छ । सत्तापक्ष र प्रतिपक्षका गरि मुलत: दुई गठबन्धनका बीचमा हुने यो निर्वाचन कुनै प्रतिस्पर्धा नभएर ठुला पुँजिपती गुटहरुको राजनीतिमा गरिएको कार्टेलिङ हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । मिलेनियम च्यालेन्ज कम्प्याक्टलाई संसदबाट अनुमोदन गरेर साम्राज्यवादी शक्तिसँग गठजोड गर्न पुगेका संसदीय पार्टीहरुले आयोजना गर्ने चुनाबले साम्राज्यवादी– प्रतिक्रियावादी स्वार्थहरुको मात्रै अनुमोदन गर्दछ । भ्रष्ट, दलाल र आर्थिक सम्पन्न उम्मेदवारहरुको जूवाखेल वा प्रभावका बीच हुने प्रतिस्पर्धामा जनसाधारणलाई आफ्ना सरोकारका मुद्दाहरूको सुनुवाइ र छनौटको कुनै अबसर समेत नरहने स्वत: स्पष्ट छ ।
मजदुरवर्गको राजनीतिक प्रतिनिधित्वको सुनिश्चितता, राष्ट्रिय स्वाधीनता प्राप्ति र दलालतन्त्रको अन्त्य लगायतका कार्यभार पूरा गरेर गरेर गरिने निष्पक्ष चुनावले मात्रै सार्थकता प्रदान गर्दछ । त्यसका लागि जनवादी–समाजवादी क्रान्तिका कार्यभार पूरा गर्ने संघर्षको बाटोमा हिड्नुले मात्रै मजदुरवर्गले आफ्ना दीर्घकालीन हितहरुको रक्षा गर्न सक्छन भन्ने मान्यतामा हामी स्पष्ट छौ र पार्न चाहन्छौं । तसर्थ यो चालु निर्वाचन प्रक्रियालाई बिरोध गर्दै सशक्त बहिष्कार गर्न मजदुर किसान एवं सम्पूर्ण शोषित–उत्पीडित वर्ग–समुदायमा हार्दिक अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन !
ईश्वर तिमिल्सिना
अध्यक्ष: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
राजन तिमिल्सिना
अध्यक्ष:क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल
बिनोद थापा
अध्यक्ष:अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
कृष्णहरि भट्ट
इन्चार्ज:अखिल नेपाल ट्रेड युनियन
डि बि सर्वश्रेष्ठ
संयोजक: बैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार