२३ बैशाख चितवन ।
नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेला क्रान्ति सम्पन्न गर्ने कार्यदिशा, कार्यनीति, कार्यक्रम र नेतृत्व निर्माण गर्दै आज सम्पन्न हुँदैछ । बुधबार चितवनमा सुरु भएको भेलाले पार्टी र क्रान्तिलाई दलाल पुँजीवादको सेवक बनाउने गलत दिशामा लागेका नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मालगायत संशोधनवादी सुधारवादी नेताहरुलाई पार्टीबाट निष्कासन गरी धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई संयोजक चयन गरेको छ ।
विशेष राष्ट्रिय भेलामा देशभित्रका ७७ जिल्ला, जवस, मोर्चा, विभाग, प्रवास, सहिद बेपत्ता परिवार, घाइते आपाङ्ग, जनसेवकसमेत १५ समूहमा संयोजित समूहका नेताहरुले पार्टीका संयोजक कञ्चनद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि गम्भीर छलफल र बहस गरी सुझावहरु दिएका छन् ।
विशेष राष्ट्रिय भेलामा आयोजक समितिका तर्फबाट सम्पूर्ण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन, पार्टी, आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनका विषयमा पार्टीका धारणाहरु प्रस्तुत गरेका छन् ।
आज पार्टीनेताहरु सल्लाहकार समितिका अध्यक्ष असारे काका, पवन, संयोजक कञ्चन र सुदर्शनले पार्टी र क्रान्ति सम्पन्न गर्ने विषयमा विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी आयोजक समितिले दिएको छ ।
प्राप्त जानकारी अनुसार चितवन भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गर्ने ऐतिहासिक फैसला गरेको छ र एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज गर्दै नयाँ कार्य कार्यदिशा, कार्यनीति र नेतृत्व निर्माण गर्दै विशेष राष्ट्रिय भेला आज समापन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त गराइएको छ ।