काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा भोलि क्रान्तिकारी माओवादीको बृहत् निर्वाचन बहिस्कार सभा हुँदै

काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा भोलि क्रान्तिकारी माओवादीको बृहत् निर्वाचन बहिस्कार सभा हुँदै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भोलि काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा बृहत् निर्वाचन बहिस्कार सभा गर्ने भएको छ । क्रान्तिकारी माओवादीको काठमाडौं जिल्ला समितिको आयोजनामा हुने निर्वाचन बहिस्कार सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला पार्टी सेक्रेटरी खगेन्द्र छन्त्यालले जानकारी दिनुभएको छ ।

क्रान्तिकारी माओवादीले घोषित नीति अनुसार देशैभर निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्रता दिंदै आएको छ । कोणसभा, वाल पेन्टिङ, व्यानरिङ, पोस्टरिङ, मसाल जुलुस लगायतका कार्यक्रमहरु मार्फत् आम जनतामा निर्वाचन बहिस्कारका लागि आव्हान गर्दै आएको छ ।
क्रान्तिकारी माओवादीले शान्तिपूर्ण रुपमा गरेको कार्यक्रममाथि शेरबहादुर देउवा नेतृत्वको सरकारले ठाउँ ठाउँमा हस्तक्षेप गर्ने, पार्टीका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, मानसिक तथा भौतिक रुपमा यातना दिने लगायतका फासिवादी दमनकारी हर्कतहरु समेत गर्दै आएको छ । देउवा सरकारको यस्तो फासिवादी दमनको प्रतिरोध गर्दै क्रान्तिकारी माओवादीले देशैभरि निर्वाचन बहिस्कारका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाइराखेको छ ।

काठमाडौं उपत्यकामा पनि निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्र पारिएको छ । दर्जनौं ठाउँमा कोणसभा, वालपेन्टिङ, पोस्टरिङ लगायतका कार्यक्रमहरु भएका छन् । तिनै कार्यक्रमहरुको उत्कर्षको रुपमा भोलि क्रान्तिकारी माओवादीले काठमाडौंमा बृहत् बहिस्कार कार्यक्रम गर्न लागेको हो ।