२३ बैशाख सन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा निर्मित स्थानीय चुनाव बहिष्कार अभियान दलको आयोजनामा सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ अमले गाउँ, जो माओवादी जनयुद्धकालमा जनतालाई गाउँ निकाला गरी ठूलो दमन गरिएको थियो । त्यही गाउँको शहिद पार्कबाट स्थानीय चुनाव बहिष्कार अभियान शुरु गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति ईन्चार्ज जिवनको नेतृत्वमा जिल्ला समिति सेक्रेटरी सुवणर्, प्रदेश सल्लाहकार समिति सदस्य नीमा सहित साथीहरु बहिष्कार पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने र पर्चा वितरण भएको जानकारी जिल्ला ईन्चार्ज जिवन ले बताउनुभयो ।

































