पत्रकार कण्डेललाई गिरफ्तार गरिएको प्रति महासंघद्वारा खेद ब्यक्त

पत्रकार कण्डेललाई गिरफ्तार गरिएको प्रति महासंघद्वारा खेद ब्यक्त

काठमाण्डौ- क्रान्तिकारी पत्रकार महासंंघ केन्द्रीय समिति प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्न नेपाल सरकार तथा मातहतका प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।
पछिल्लो समय महासंघ आबद्ध पत्रकारहरुलाई समाचार संकलनकै क्रममा गिरफ्तार गर्ने क्रम बढेको प्रति चिन्ता ब्यक्त गर्दै महासंघका महासचिव रवि पाण्डेयले त्यसको निन्दा गर्नुभएको हो । महासचिव पाण्डेय द्वारा हस्ताक्षरित बिज्ञप्तिमा आइतवार महासंघका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष प्रेम कण्डेललाई मई दिवसको समाचार संकलनकै क्रममा गिरफ्तार गरिएको प्रति खेद ब्यक्त गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ – जनपक्षीय पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष प्रेम कण्डेललाई अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने कार्यक्रममा समाचार संकलनार्थ सहभागी भएको अवस्थामा चितवन प्रहरीको टोलीले गिरफ्तार गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो संगठनका जिम्मेवारीमा रहेका पत्रकारहरु प्रति देशैभर भएका यी र यस्ता घटना प्रति महासंघ निन्दा ब्यक्त गर्दै पत्रकार कण्डेललाई यथाशिघ्र रिहाईको माग गर्दछ । साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता एंव मानवअधिकारको रक्षा गर्न र यस्ता हर्कत नदोहो¥याउन यसै बिज्ञप्ति मार्फत प्रहरी प्रशासनलाई आग्रह गर्दछौ ।