बैशाख १८ मालु दोलखा ।
नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा दोलखा जिल्ला ईन्चार्ज .पुर्ण बहादुर खड्कालाई अहिले भर्खरै ७ बजेतिर उहाँकै निवास तामाकोशी नगरपालिका वडा नं. ४ मालु डाँडागाउँ उहाँकै आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरी असई रमेश तामांको नेतृत्वमा आएको टोलीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई अपहरणको शैलमिा गिरफतार गरिएको र उहाँलाई कहाँ राखिएको छ, केही जानकारी गराइएको छैन ् ।
उहाँको गिरफतारीका विरुद्ध ३ नं. प्रदेश सेक्रेटरी सुरेश श्रेक्ष्ठव्दारा यो गिरफ्तारीको घोर भत्सर्ना गर्दै उहाँको अविलम्व र विना शर्त रिहाइको माग गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार