१८ वैशाख पोखरा, कास्की ।
४ नम्बर प्रदेशको राजधानी पोखरामा १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, कास्की जिल्ला समितिको आयोजनामा भब्यरुपमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका पोलिट ब्यरो सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज / सेक्रेटरी केश वहादुर परियारले सन् १८८६ मे ४ तारीखका दिनमा अमेरिकाको सिकागो शहरमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको श्रमिकहरुको आन्दोलनको क्रममा हाईमार्केट स्क्वायर शिकागोकोमा बम विस्फोट भयो । त्यही निहुमा प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि कैयौ श्रमिकहरुको मृत्यु हुन पुग्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरुको बैठक सम्पन्न भयो र त्यही बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निणर्य गर्यो । त्यस यता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस विश्वभर मनाउन सुरु भएको थियो ।


विश्वका श्रमिकले यस दिवसलाई उत्सब एवंम पर्वको रुपममा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि शासक र रोजगारदातालाई दबाब दिने र मजदुरहरुका अधिकार स्थापित गर्ने उद्देश्यले यो दिवस विश्वभर मनाइन्छ । नेपालमा पनि २००७ सालमा विराटनरगबाट मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको पाइन्छ । हाम्रो पार्टी र सङ्गठनले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्दै आएको छ ।
नेपालको राजनीतिक परिवर्तनमा मजदुरवर्गले ऐतिहासिक भूमिका पूरा गरेर आएको स्पष्ट पार्र्दै पुरानो राज्य–व्यवस्था विरुद्धको आगामी संघर्ष मजदुरवर्गको नेतृत्वमा अगाडि बढ्ने र विजयी पनि निश्चित छ । मजदुरवर्गले इतिहासको निर्माणमा जुन भूमिका पूरा गरेर आएको छ त्यो गौरवपूणर् छ त्यसले दुनियाँलाई ब्युँझाएको छ बदलेको छ । मजदुरवर्गको आगामी भूमिकाले दुनियाँको नेतृत्व गर्ने कुरामा कुनै शंका छैन् । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिको कुरा पनि चर्चा गर्नु भयो ।
उक्त कार्यक्रममा अतिथि बक्ताहरु पार्टी केन्द्रिय सदस्य एवंम कास्की जिल्ला इन्चार्ज रामजी थापा, अखिल नेपाल लेखक संघ ४ नम्बर प्रदेश अध्यक्ष परशुराम कोइराला, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ केन्द्रिय सदस्य कर्ण पुन, देजमो नेपाल कास्की जिल्ला अध्यक्ष राम पुन, अखिल नेपाल लेखक संघ ४ नम्बर प्रदेश सदस्य माधव पोख्रेल, नेपाल दलित मुक्ति मोर्चा कास्की जिल्ला अध्यक्ष राजकुमार सुनारलगायतले शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाकी केन्द्रिय सदस्य सिता परियार, मगर मुक्ति मोर्चाकी केन्द्रिय केन्द्रिय सदस्य विष्णु रानालगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रमको सञ्चालन जनसाँस्कृतिक महासंघ केन्द्रिय सदस्य काजी गाउँलेले, स्वागत मन्तब्य नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघकी केन्द्रिय सदस्य बिना बुढाथुकीले र कार्यक्रमको अध्यक्षता नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ कास्की जिल्ला समितिका अध्यक्ष चन्द्र वहादुर तामाङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार