काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को टोखा, तारकेश्वर र बुढानिलकण्ठ नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियान दलले तारकेश्वरको जाल्पा चोकमा कोणसभा सम्पन्न गरेको छ ।
      त्यस्तै सोही दिन तारकेश्वर नगर पालिकाको नेपालटार क्याम्पस चोकमा अर्को कोणसभा सम्पन्न गरेको छ ।
     दुबै स्थानहरुमा आयोजना गरिएका ती कोणसभाहरुको अध्यक्षता अभियान दलका संयोजक कमरेड प्रवीणले गर्नुभएको थियो । जाल्पा चोकमा सम्पन्न उक्त कोणसभालाई संयुक्त अभियान दलका संयोजक कमरेड प्रवीण र अभियान दलका कमान्डर कमरेड रीनाले संबोधन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन अभियान दलका सदस्य कमरेड कृष्णले गर्नुभएको थियो ।
     तारकेश्वर नगर पालिकाको नेपालटार क्याम्पस चोकमा आयोजना गरिएको कोणसभालाई अभियान दलका सदस्य कमरेड अमिर र अभियान दलकै अर्की सदस्य कमरेड इन्दु र उक्त अभियान दलका संयोजक कमरेड प्रवीणले संबोधन गर्नुभएको थियो र कार्यक्रम सञ्चालन अभियान दलका अर्को सदस्य कमरेड कृपसले  गर्नुभएको हाम्रा टोखा जाल्पा सम्वाददाताले जानकारी गराएका छन् ।
    टाोखा नगर पालिकाको जाल्पा चोक र तारकेश्वर नगर पालिकाको नेपालटार  क्याम्पसचोकमा आयोजना गरिएका कथित स्थानीय निर्वाचन बहिष्कार कोणसभा आयोजना गरिएको  क्षेत्रमा दलाल सरकारले ठूलो संख्यामा पुलिस परिचालन जनतालाई आतंकित तुल्याउने र कार्यक्रम विथोल्ने दुस्साहस गरेको समाचारमा हाम्रा टोखा जाल्पा सम्वाददाताले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार