रुपन्देही जिल्लामा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिष्कार अभियान १४ गते सम्पन्न
गुल्मी पाल्पा, रुपन्देही, कपिलवस्तु जिल्लाको कार्यक्रम पिविएम धनेश्वर पोख्रेलको नेतृत्वमा
बर्दिया, बाँके र पूर्वी रुकुममा पार्टी सिसिएम समिरको नेतृत्वमा र प्युठान, अर्धाखाँची, रौल्पामा सिसिएम टिकारामको नेतृत्वमा
रुपन्देहीको देवदहमा बहिष्कार अभियान
बैशाख १४ सालझण्डी ।
नेकपा(क्रान्तिकारी माओवादी)को स्थानीय निर्वाचन बहिष्कार अभियानलाई ५ नं. प्रदेशले विभिन्न क्षेत्रमा विभाजित गरेर सफलतापूर्वक अगाडि बढाइरहेको समाचार प्राप्त भएको छ ।
जम्मा तीनवटा टोलीमा विभाजित कार्यक्रममध्ये गुल्मी पाल्पा, रुपन्देहीको कार्यक्रम पिविएम धनेश्वर पोख्रेलको नेतृत्वमा सम्पनन गरी कपिलवस्तु जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा संचालन हुने क्रममा बैशाख १५ गते (आज) उक्त जिल्लाको बाणगंगा नपामा कार्यक्रम हुँदै छ । कार्यक्रममा कोण सभा, पोष्टरींग र पर्चा वितरण भेटघाट छन् ।
त्यसैगरी बर्दिया, बाँके र पूर्वी रुकुममा पार्टी सिसिएम समिरको नेतृत्वमा, प्युठान, अर्धाखाँची, रौल्पामा सिसिएम टिकारामको नेतृत्वमा कायृक्रमहरु संचालित छन् ।
५ नं. प्रदेश अन्तरगको रुपन्देही जिल्लामा निम्न कार्यक्रमहरु सम्पन्न गरिएका छन्, जसमा पार्टी स्थाई समिति सदस्य रामसिंह श्रीसको पनि सहभागिता थियो । विभिन्न नपा र गाउँपालिकाहरुमा गरिएको कार्यक्रमको नेतृत्व कसकले गरेको थियो र कहाँ ती कार्यक्रम भए, त्यसलाई निम्न अनुसार दिइएको छ :
१) शंकरपुर – क. धनेश्वर पोख्रेल २) ६ नम्बर चोक ढेकावर – क. रामसिंह श्रीस ३) खैरेनी बजार – क. धनेश्वर पोख्रेल ४) सित्तलनगर – क. धनेश्वर पोख्रेल ५) भलुही – क. बिनोद मरासिनी ६) चरङ्गे – क. खिम पुन , बुटवल ७) चौराह – क. रामसिंह श्रीस ८) मणिग्राम क. धनेश्वर पोख्रेल ९) ठुटीपिपल– क. रामसिंह श्रीस १०) भैरहवा – क. बिनोद मरासिनी ११) बेथरी – बिनोद मरासिनी १२) छपिया – धनेश्वर पोख्रेल १२) फर्साटिकर – रामसिंह श्रीस १३) नयाँ गाउँ – राजु भुजेल १४) बुटवल गोलपार्क – धनेश्वर पोख्रेल १५) देविनगर चौपारी – रामसिंह श्रीस १६) बुद्धनगर – बिक्रम नेपाली १७) बोलबम –बिनोद मरासिनी १८) मुर्गीया – धनेश्वर पोख्रेल १९) सालझण्डी – रामसिंह श्रीस