बैशाख १३ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) बुढानिलकण्ठ नगर पालिका , टोखा नगर पालिका र तारकेश्वर नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार संयुक्त अभियान दलले टोखा नगर पालिकाको ऐतिहासिक स्थान गोङ्गबुचोकमा र बुढानिलकण्ठ नगर पालिकको वडा नम्बर १० स्थित मिलन चोकमा कोणसभाको आयोजना गरेको छ । दुबै स्थानमा आयोजना गरिएका कोणसभाहरुको सभापतित्व संयुक्त अभियान दलका संयोजक प्रवीणले गर्नु भएको थियो । दुबै कोणसभाका प्रमुख अतिथि अभियानका कमाण्डर रीना हुनुहुन्थ्यो ।

गोङ्गबुचोकमा आयोजना गरिएको र मिलनचोकमा आयोजना गरिएका उक्त दुबै कोणसभालाई रीना र प्रवीणले संबोधन गर्नुभएको थियो ।
गोङ्गबुमा आयोजना गरिएको कोणसभालाई नवीनले सञ्चालन गर्नु भएको थियो भने बुढानिलकण्ठको मिलनचोकमा आयोजना गरिएको सो कोणसभालाई बहनले सञ्चालन गर्नुभएको थियो ।
गोङ्गबुमा आयोजना गरिएको कोणसभा स्थलमा दलाल सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको हाम्रा टोखा सम्वाददाताले जानकारी गराएका छन् ।

































