बैशाख १३ सिन्धुली ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा स्थानीय चुनाव बहिष्कार अभियान अन्तरगत सिन्धुली जिल्लाको दुधौली नगरमा स्थानीय चुनाव बहिष्कार अभियान तीब्रताका साथ अगाडि बढीरहेको छ ।


उक्त अभियानमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति ईन्चार्ज जिवन, सेक्रेटरी सुवर्ण,जिल्ला सदस्य मुक्ति बास्तोला, अटल,ईलाका सदस्यहरु मुना खड्का, मनिषा कुमार, चक्र परियार र देशभक्त जनगणतान्त्रिक मोचा नेपालको दुधौली नगर पालिका ईलाका अध्यक्ष बीर बहादुर बुढाथोकी सहित पर्चा बितरण, पोष्टर टाँस्ने काम र ब्यानर टाङ्ने कार्य भैरहेको कुरा पार्टी ईन्चार्ज जिवन ले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार