वैशाख ११ कालीकोट ।
आज विहानै नेकपा(क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कार सम्वन्धी पोष्टरिंग गर्ने क्रममा नेकपा(क्रान्तिकारी माओवादी)का कालीकोट जिल्ला इन्चार्ज कर्णबहादुर विसीसहितविद्यार्थी नेता नेत्र शाही गिरफतार गरिएका छन् र उहाँहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी भरखरै प्राप्त भएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) कालीकोट जिल्ला इन्चार्ज कर्णबहादुर विसीसँग फोन सम्पर्कगर्दा उहाँले बहिष्कार सम्वन्धी कुनै पनि काम गर्न निषेध गरिएको छ, नगर्नुस भनिरहेको छ तर प्रहरी इन्चार्ज बाहिर गएकोले उनीसँग छलफल गर्न नपाएको जानकारी पनि दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर