निरु बस्नेतको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको ईकाई कमिटी गठन
तिलक बिकको अध्यक्षतामा क्रान्तिकारी युवा लिगको ईकाई कमिटी र
श्याम बहादुर भुजेलको अध्यक्षतामा देजमो नेपालको ईकाई कमिटी गठन


बैशाख ९ कमलामाई सिन्धुली ।
बैशाख ९गते बेलुकी ६बजे देखि रातको १०बजेसंम्म सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४का सातपत्रे ढकाल गाउँका ज्यामी किसानहरुको भेला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टी केन्द्रीय समिति सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज जीवनको प्रमुख आतिथ्यमा देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाको सन्चालनमा पार्टी कमलामाई नगरपालिका ईन्चार्ज हरि बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो भेलामा नेपाल कम्युनिष्ट पार्टीको ७३औ पार्टी स्थापना दिवस तथा १५३औ लेनिन जयन्ती भब्यरुपमा मनाइयो । स्थानीय चुनाव बहिष्कार अभियान दलको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।


सो भेलाले निरु बस्नेतको अध्यक्षतामा मानकुमारी पोखरेल ,सीता भुजेल,बिष्णुमाया भुजेल,कमला तामाङ, सीता भुजेल,कुमारी भुजेल ,नानी भुजेल,ओलकुमारी बिक सदस्य रहनेगरी अखिल नेपाल महिला संघ क्रान्तिकारीको ईकाई कमिटी गठन गरियो
त्यसैगरी तिलक बिकको अध्यक्षतामा सदस्यहरु नरेन्द्र बिक,रमेश योन्जन, ठूलोकान्छा रम्तेल, मोहन बहादुर भुजेल सहित क्रान्तिकारी युवा लिगको ईकाई कमिटी र श्याम बहादुर भुजेलको अध्यक्षतामा सदस्यहरु गुण्डाबहादुर आगामी, साईला भुजेल ,पदम विश्वकर्मा, गुन्ज बहादुर तोलांगे सहित देशभक्त जनगणतान्त्रिक मोर्चाको ईकाई कमिटी निर्माण गरियो ।
बहिष्कार अभियान कै क्रममा १५३औ लेनिन जयन्ती तथा ७३औ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने कार्य सम्पन्न गरी स्थानिय चुनाव बहिष्कार कार्यक्रम संगठन निर्माण र सुदृढ गर्दै सिन्धुली जिल्ला भरिका सातवटा गाउँ पालिका र दुई नगर पालिकामा बहिष्कारका पर्चा वितरण, पोष्टर र ब्यानर टाङ्ने कार्य भैरहेको कुरा पार्टी ईन्चार्ज जिवनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर