सामयिक टिप्पणी

सामयिक टिप्पणी

जति बेला लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले रुसमा‌ क्रान्तिको तयारी गर्दै थिए त्यो समयको विश्व परिस्थिति कार्लमार्क्सको भन्दा बदलिएको थियो । मार्क्स को समयको प्रतिस्पर्धात्मक‌ पूँजीवाद एकाधिकार पूँजीवादमा फेरिएको थियो र त्यसको चरित्र वित्तीय नै थियो । कार्ल मार्क्सले जहाँ पहिले क्रान्ति हुन्छ भनेर भन्नु भएको थियो त्यहाँ क्रान्ति भएन र मार्क्सले सोच्दै नसोचेको रुसमा बोल्सेभिकहरूले क्रान्तिको तयारी गरे। उनीहरू सफल पनि भए । तर उनीहरूले अब कार्ल मार्क्सको युग सकियो हामी नयाँ युगको नयाँ ब्याख्या गर्छौं भनेर घोषणा गरेनन् । उनीहरूले मार्क्सले युरोपका विकसित देशहरूमा पहिले क्रान्ति हुन्छ भनेको कुरा फेल खायो भनेर हला पनि गरेनन् । अनि चीनमा पनि माओले लेनिनको बिचारले हाम्रो जस्तो अर्ध औपनिवेसिक र अर्ध सामन्ती देशमा क्रान्तिको मार्ग निर्देशन गर्दैन, हामी हाम्रै खाले मार्क्सवाद विकास गर्छौं‌ भनेनन्। रुसी तथा चीनीया क्रान्तिकारीहरूले मार्क्सवादमा थप योगदान गरे तर हल्ला कम‌ गरे ।
यता हामीहरू भने फलानाले ब्याख्या गरेको युग सकियो भन्दै छौं । लेनिनले व्याख्या गरेको युग भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । त्यसो भए के अब साम्राज्य वाद छैन त ? त्यसो भए के आजको युग उत्तर साम्राज्यवादी युग नै हो त ? के त्यसो भए सर्वहारा वर्ग क्रांतिको नेतृत्वदायी बर्गबाट ऐतिहासिक कारणहरूले नै नेतृत्व गर्न नसक्ने वर्गमा बिघटित भएको हो त ? के त्यसो भए अब क्रान्तिको नेतृत्व सर्बहारा भन्दा नयाँ तथा क्रान्तिकारी अर्कै बर्गले गर्ने हो त ? के त्यसो भए अब सर्बहारा बर्गको अधिनायकत्व भन्ने कुरा पनि बिचाराधिन हुन पुगेको हो त ?
जो आजको विश्व परिस्थितीमा लेनिनको समयको भन्दा फेर बदल आएको छ । यस्तो फेरबदल भैरहन्छ । फेरिएको परिस्थिति अनुसार क्रान्तिकारीहरुले आफुलाई फेर्नै पर्छ । त्यसो भनेर मार्क्सवाद लेनिनवाद र माओवादका सार्वभौम सत्यमाथि नै भ्रम सिर्जना हुने गरी बहस उठाउनु गलत हुन जान्छ । आज हामीले लेनिनले व्याख्या गरेको युग सकियो भन्यौं भने सबैभन्दा खुसी संसोधनवादीहरू नै भएको देखियो । लेनिनले क्रान्तिकारी धाराका बिरुध्द जन्मेको ख्रुस्चेभी संसोधनवाद क्रान्तिको कार्यभारबाट जुन गफ दिदै जुन चोर दुलोबाट भागेको थियो हामी पनि त्यही दिशातिर दुर्घटित हुने खतरा बढ्छ ।त्यसैले गर्नु पर्ने धेरै कुराहरू गरौं‌ तर हतारमा ठूला ठूला घोषणाहरू नगरौं ।