वैशाख ९विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ ले विश्व सर्वहारावर्गका महान नेता लेनिनको जन्मदिवशको अवसर पारेर प्रतिक्रियावादी निर्वाचनका विरुद्ध विषेश प्रचार अभियान थालेको छ ।
क्रान्तिकारी माओवादीले विराटनगरको शहिद रंगशाला अगाडिबाट प्रतिक्रियावादी निर्वाचनको विरुद्ध नारा लगाउदै मोटरसाइल ¥याली सहित ‘‘प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गरौँ , नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौँ’’ भन्ने नारा लेखिएको पर्चा वितरण गरेको हो । रंगशाला देखि पर्चा वितरण गर्दै निस्किएको ¥याली जिल्ला प्रशासन कार्यालय हुदै गोल्छा चोक , मेनरोड बाट रोडशेष चोक हुदै विराटनगर बजार परिक्रमा गरेको थियो ।
¥यालीले चौक चौकमा मोटरसाइकल रोकेर पर्चा वितरण गरेको नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश सेक्रेटरी उदयले जानकारी दिनु भयो । उहाँले निर्वाचन बहिष्कारका लागि जनतालाई जागरुक गराउनका लागि चलाएको प्रचार अभियान अन्तर्गत विषेश प्रचार अभियानको थालनी गरेको बताउनु भयो । सेक्रेटरी उदयले स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको र सिंहदरबारमा हुँदै आएको भ्रष्टाचार स्थानीयतह सम्म पुगेको भन्दै प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गर्न बाध्य भएको भनाई राख्नु भयो ।
































