लुम्बिनी प्रदेश समितिको स्थानिय निर्वाचन बहिष्कार कार्यक्रम तीब्ररुपमा अगाडि बढ्दै 

लुम्बिनी प्रदेश समितिको स्थानिय निर्वाचन बहिष्कार कार्यक्रम तीब्ररुपमा अगाडि बढ्दै 

बैशाख ८ बुटवल ।
नेकपा नेकपा(क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको १२ वटा जिल्लामा आगामी वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनलाई बहिष्कार कार्यक्रम ३ वटा टोली मध्ये पूर्वी टोलीको कमाण्ड गर्दै पिविएम धनेश्वर पोख«ेल गुल्मी, पाल्पा हुँदै रुपन्देहीको बुटवल आइपुगेको समाचार प्राप्त भएको छ ।

त्यसैगरी पश्चिम कमाण्डको टोली पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेको नेतृत्वमा बर्दीयाको राजापुरबाट बहिष्कार अभियानको उद्घाटन गर्दै प्रहरीे धरपकड सहित विभिन्न वाधा अवरोधहरुका बावजुद् बाँकेको खजुरा आइपुगेको हामीलाई जानकारी प्राप्त भएको छ ।

यसैगरी रुपन्देहीको बुटवलमा १५३औं लेनीन जयन्ती तथा नेकपाको स्थापना दिवस र संसदवाद वारे विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा(क्रान्तिकारी माओवादी) का स्थाइ समिति सदस्य क। रामसिंह श्रीसको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम नेकपा(क्रान्तिकारी माओवादी) , नेकपा (मसाल) समन्वय समिति र माक्र्सवादी विचार मञ्चको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमको अवधारणा–पत्र माक्र्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीले प्रस्तुत् गर्नु भएको थियो भने त्यसमा पार्टीको तर्फबाट नेकपा(क्रान्तिकारी माओवादी) का स्थाइ समिति सदस्य रामसिंह श्रीस र राष्ट्रिय जनमोर्चा समन्वय समितिका अध्यक्ष कृष्ण पौडेलले धारणा राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा(क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश सदस्य  लक्ष्मीकान्त पौडेल गर्नुका साथै स्वागत नेकपा नेकपा (मसाल) बावुराम आचार्य र सञ्चालन माक्र्सवादी विचार मञ्चका पदम कार्कीले गर्नु भएको थियो ।