बैशाख ९, काठमाडौं ।
आज प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५३ औं लेनिन जयन्ती सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले गर्नुभएको थियो ।
उक्त कार्यक्रमका अन्य अतिथिहरुमा नेकपाका अध्यक्ष ऋषि कट्टेल,नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ , हेमन्त प्रकाश ओली ‘सुदर्शन’, , वैज्ञानिक समाजवादी पार्टीका प्रवक्ता जागृत रायमाझी, नेकपा (मशाल) केन्द्रीय समन्वय समितिका प्रतिनिधि नारायण सापकोटा हुनुहुनथ्यो ।
कार्यक्रममा प्रमुख अतिथि मोहन वैद्य किरणले कम्युनिष्ट आन्दोलनमा भएका उपलब्धीहरुलाई रक्षा गर्दै क्रान्तिकारीहरु एकताबद्ध भएर अघि बढ्ने कुरामा जोड दिनु भयो । सम्वोधनका क्रममा उहाँले भन्नुभयो—“संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता रगतको परिणाम हो । कम्युनिष्ट क्रान्तिकारीहरु एकातिर र अवसरवादी अर्कोतिर हुनुपर्छ । हाम्रै साथीहरु पुरानै सत्तालाई बचाउन सरकारमा गए । उनीहरु नव प्रतिक्रियावादी भए । कम्युनिष्ट आन्दोलनलाई दबाउनमा उनीहरु आज लागिपरिरहेका छन् ।”
नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले पनि आफ्नो विचार राख्नु भएको थियो । उहाँले भन्नुभयो ‘सिद्धान्त छोड्ने हो भने क्रान्ति सम्भव हुँदैन । सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ । धेरै कम्युनिष्टहरुले अन्तत: सम्झौता गर्छन् । त्यो विलकुल गलत हो । कम्युनिष्ट सत्ता स्थापना गर्न लेनिनको योगदान महत्वपूर्ण रहेको, लेनिनले माक्र्सवादमा लेनिनवादको विकास गर्नुभएको समेत वहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो विचार राख्ने क्रमममा भन्नुभयो – “कम्युनिष्ट आन्दोलन अप्ठ्यारो परिस्थितिमा छ । कम्युनिष्टहरु विसर्जनवादमा पतन भएका छन । क्रान्तिकारी शक्तिहरु चारतिर मुख फर्काएर हिँडिरहेका छन् । क्रान्तिकारीहरुले विकल्प दिन सक्नुपर्छ । वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन खुश्चोभी बाटोमा हिँडिरहेको छ ।” वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता जागृत रायमाझीले पनि आफ्नो विचार राख्दै भन्नुभयो– कम्युनिष्ट आन्दोलन विश्वमै रक्षात्मक अवस्थामा होइन संकटग्रस्त छ । यस्तो किन भयो ? कारण खोज्नुपर्छ । क्रान्तिका असफल प्रयोगहरुलाई निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ । कम्युनिष्टहरुले अर्थव्यवस्थाको प्रणालीमा काम गर्न सकेको छैनन । नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका प्रतिनिधि सदस्य नारायण सापकोटाले दक्षिणपन्थी अवसरवाद आजको मुख्य समस्या रहेको र नृेकपा(मसाल)को वर्तमान नेतृत्व संसदवादी दलदलमा भासिएकाले त्यसका गलत कार्यनीतिका विरुद्ध नेकपा (मसाल) केन्द्रीय समन्वय समिति नीर्माण गर्न परेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तकारी माओवादी) का स्थाई समिति सदस्य हरिभक्त कडेलले गर्नुभएको थियो र कार्यक्रमको संचालन नेकपा (क्रान्तकारी माओवादी) स्थाई समिति सदस्य परि थापाले गर्नु भएको थियो ।
कायृक्रमको बीचमा नेकपा (क्रान्तकारी माओवादी)ले कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५३ औं लेनिन जयन्ती दिवसको वारेमा प्रकाशित प्रेस वक्रव्य केन्द्रीय कार्यालयको तफृबाट इन्द्रमोहन सिगदेलले पढेर सुनाउनु भएको थियो भने परि थापाले टर्किस कम्युनिस्ट पार्टीव्दारा नेकपा (क्रान्तकारी माओवादी)लाई पठाएको शुभकामना पढेर सुनाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर