बैशाख ८ टोखा ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) टोखा , तारकेश्वर र बुढानिलकण्ठ नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियान दलक बैठक अभियान दलका का संयोजक कमरेड प्रवीणको अध्यक्षतामा र अभियानका कमाण्डर कमरेड रीनाको विशेष उपस्थितिमा बस्यो ।

उक्त बैठकले आजसम्म गरेका कथित स्थानीय निर्वाचन बहिष्कार अभियान अन्तर्गतका कार्यक्रमहररुलाई निरन्तरता दिने र बहिष्कार अभियानका कोणसभा , विरोधसभा, विरोध जुलुस , वालिङ , पोस्टर टाँस्ने , भ्रष्ट संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई तीव्रता दिने , प्रचारप्रसार समिति , आर्थिक समिति र व्यवस्थापन समितिहरुका कामलाई थप व्यवस्थित गर्ने र बहिष्कार अभियानका विविध कार्यक्रमहरुलाई थप तीव्रता दिने र बहिष्कार अभियानका सबै कार्यक्रमहरुलाई सशक्त ढंगले अगाडि बढाउने निर्णय गरिएको बारेमा हाम्रा टोखा सम्वाददाताले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर