बैशाख ८ ओखलढुंगा ।
नेकपा(क्रान्तिकारी माओवादी) ओखलढुंगाको आयोजनामा चम्पादेवी गाँउपालिकामा युवा मार्चपास तथा बहिष्कार सभा कार्यक्रम सम्पन्न भएको छ । चम्पादेवीको प्रशासनिक केन्द्रबाट शुरु भएको युवाहरूको विशाल मार्चपास बहिष्कार–सभामा बदलिएको थियो ।

बहिष्कार सभालाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य वसन्त बोगटी, जिल्ला सेक्रेटरी निर्माण, सम्पर्क मञ्चका केन्द्रीय संयोजक . विष्णु, मजदुर नेता युवराज थापा, कुमार पुर्वेली लगायतले सम्बोधन गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै बोगटीले गठबन्धन सरकार तथा एमाले राष्ट्रघात, जनघात र भ्रष्टाचारले दुर्गन्धित भएको, जनताले दुर्गन्धको थुप्रो र मुक्तिको आन्दोलन कुन हो भनेर राम्रोसँग चिनेको हुनाले अब दुर्गन्धको थुप्रोलाई जलाउने समय आएको बताउनु भयो ।

“चम्पादेवीमा संसदवादी प्रतिक्रियावादी दलालहरुलाई निषेध छ, जनताको जनादेश सहित छिट्टै यहाँ नयाँ क्रान्तिकारी सत्ता र सरकार निर्माण हुन्छ । त्यसकारण यसपटक चम्पादेवीको निर्वाचन बहिष्कारले समाज र राष्ट्रलाई नयाँ सन्देश दिन्छ, दिनुपर्छ ।“
गाँउपालिका सेक्रेटरी प्रवेशको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन बोगटीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार