बुटवल – स्थानीय निर्वाचन बहिष्कारको अभियान संचालन गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

बर्दिया जिल्लामा सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज बिपिन रोकाया जिल्ला सेक्रेटरी बिक्रम भण्डारी, क्रान्तिकारी युवा लीगका गोपाल शाही चुनाव बहिष्कारको आब्हान गर्दै गर्दा पक्राउ गरेको हो ।

सो पक्राउका बाबजुद समेत ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बहिष्कार सभा गरिएको जिल्ला ईञ्चार्ज बिपिन रोकायाले जानकारी दिनुभयो ।

पक्राउ गरिएकाहरुलाई बिहीवार साँझ प्रहरीेले रिहा गरेको थियो । त्यस्तै गुल्मी जिल्लामा बहिष्कार टोलीले कोणसभा सम्पन्न गरेको जिल्ला सेक्रेटरी केशव अधिकारीले जानकारी दिनुभयो ।

रेसुंगा नगरपालिकाको तम्घास, गुल्मी दरबार गाउँपालिकाको गौडाकोट र छत्रकोट गाउपालिका भेडुवामा बहिष्कारको आब्हान गर्दै कोणसभा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य धनेश्वर पोखरेल, जिल्ला सेक्रेटरी केशव अधिकारी ,महिला नेतृ निमकला पुन लगायतले स्थानीय निर्वाचन बहिष्कार गर्न जनतालाई आब्हान गर्नुभयो ।

त्यस्तै रुरुको बलेक्टार र रानीबासमा पनि क्रान्तिकारी माओवादीले कोणसभा गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिल बहादु्र चुदाँराले जानकारी दिनुभयो ।  अभियान टोलीले पाल्पाका कार्यक्रम गर्ने योजना सहित अभियान जारी राखेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर