नवलपरासी ८ बैशाख –  जनप्रतिनिधिको रबैया बिरुद्ध यहाँका महिलाहरुले बिद्रोह गरेका छन् । बर्दघाट-४ देवीनगरमा रहेको एक सहकारीमा आबद्ध महिलाहरुले जनप्रतिनिधिले जनतामा बिभाजन ल्याउने काम गरेको भन्दै संर्घषमा उत्रिएका हुन । नमुना सहकारीका रुपमा रहेको दाउन्नेदेवी महिला बहुउद्धेश्शीय सहकारी संस्थामा आबद्ध महिलाहरुले बर्दघाट नगरपालिका वडा न.-४ को निर्माणाधीन वडा कार्यालय भवनको सेफ्टी टंकी भत्काएर पुरिदिएका छन् ।


वडाध्यक्ष र मेयरका बिरुद्ध नाराबाजी गर्दै उत्रिएका महिलाहरुले संस्थाको भवन पछाडि रहेको सार्वजनिक जग्गा आफूहरुले संरक्षण गर्दै आएकोमा उक्त जग्गामा वडाले सेफ्टी टंकी खनेको भन्दै विहीवार अवरोध पुर्‍याए । उनीहरुले नगर प्रमुख धीरज शर्मा बस्याल र बर्दघाट ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले आफूहरुसंग वार्ता गरेर समाज मिलाउनुपर्ने बताए ।
नगरपालिकाको सय मिटर दक्षिण रहेको सो स्थालमा महिलाहरुले सेफ्टी टंकी भत्काएर डोजर लगाउदाँ समेत जनप्रनिनिधि प्रहरी प्रशासन उक्त स्थलमा पुगेनन् । उक्त सार्वजनिक जग्गामा बालबिकास केन्द्र संचालन हुदै आएकोमा हाल बाल केन्द्र छैन ।
महिलाहरुको नेतृत्वमा संचालन गरिएको सहकारी माथि बिभेद गरिएको भन्दै महिलाहरु प्रतिरोधमा उत्रिएका थिए । संस्थाकी अध्यक्ष देवी पौडेलले आफूहरुले संरक्षण गर्दै आएको सार्वजनिक जग्गामा संस्थाको सहमति विना निर्माण कार्य गरिएकोले प्रतिरोध गरेको बताउनुभयो । महिला भनेपछि संस्थागत रुपले समेत बिभेद हुदो रैछ -उहाँले भन्नुभयो – जन प्रतिनिधिहरुबाटै जनता भड्याउने काम भयो, संस्था आसपासका मान्छेलाई उचालेर हामी महिला माथि जाई लाग्ने जस्तो निन्दनिय काम भएकोले प्रतिरोधमा उत्रियौं । मदिरा सेवन गरेर हामी माथि गाली गलौज समेत भयो ।


उहाँले जन प्रतिनिधिहरुले बर्दघाट-४ देवीनगरका बासिन्दालाई आफुहरु बिरुद्ध भड्काएर संस्थाको संरक्षणमा रहेको जग्गामा जबरजस्ती सेफ्टी टंकी खनेकोले संस्थागत प्रतिरोध गरेको दावी गर्नुभयो ।
संस्थाको सहमति बेगर टंकी खनिएको र त्यसका बिरुद्ध जिल्ला प्रशासनमा डेलिगेशन समेत गएको संस्थाले जनाएको छ । संस्था पक्षधर र वडा पक्षधर बनाएर जन प्रतिनिधिहरुले भाड्ने काम गरेको भन्दै टेबल टकमा आउन उनीहरुले जनप्रतिनिधिलाई आग्रह गरेका थिए । केही भोटको लोभमा परेर जन प्रतिनिधिले महिला संस्थाका पक्षमा बोल्न नसकेको संर्घरत महिलाहरुले बताएका छन् ।
कथित स्थानीय चुनावका बेला जन प्रतिनिधिहरुले महिलाहरु बिरुद्ध पुरुष प्रयोग गरेर धम्क्याउने कार्यभएकोले प्रतिबाद गरेको महिला अगुवा बिजुला खाँडले बताउनुभयो । यस्तो समस्या पर्दा नगर प्रमुख र वडाध्यक्ष लुक्नुहुदैन आउनुपर्छ – खाँडले भन्नुभयो । महिलाहरुले संचालन गरेको संस्थालाई पितृसत्तात्मक सोच भएका जनप्रनिनिधिहरुको गलत नियतले स्थानीय बासिन्दा र संस्थाबीच लडाँई पारिएको भन्दै महिलाहरुले नाराबाजी गरेका थिए । संस्थाले संचालक समितिको बैठकबाट नै प्रतिरोध गर्ने निणर्य अनुसार उक्त सेफ्टी टंकी भत्काइएको पौडेलले जानकारी दिनुभयो । उनीहरुले सेफ्टी टंकीको ईट्टा उक्काएर त्यसमा क्षति पुर्‍याउदै माटोले पुरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर