नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशको प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार अभियान निरन्तर अगाडि बढदै

नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशको प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार अभियान निरन्तर अगाडि बढदै

 

बैशाख ८ जाजरकोट ।

नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशको प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार अभियान जाजरकोट जिल्लाको सदरमुकाम खलङगाबाट शुरु भई आज बारेकोट गाउँपालिकाको सदरमुकाम लिम्साको देवल बजारमा  पुगेको हो ।

देवल बजारमा नेकपा बिप्लवका बिद्रोही कार्यकर्ताले नेकपा(क्रान्तिकारी माओवादी)को अभियान टोलिलाई स्वागत गर्दै सयुक्त आमसभाको आयोजना भएको हो । उक्त कर्यक्रमलाई सम्बोधन गर्ने क्रममा कमरेड हिमालले यो देशको सङ्कट्कालीन स्थितिमा स्थानीय चुनाव सङ्कट समाधान नभई झन्झन् सङ्कट थप्ने रास्ट्रघाती कदम भएको कुरा बताउनु भयो । त्यसैगरी सभालाई सम्बोधन गर्ने क्रममा कमरेड राजनले अफ्रिकी पुर्व रास्ट्रपति नेल्सन मन्डेलाको भनाई,{,(Fools multiply when wise men are silent) को ब्याख्या गर्दै अब पनि नेपाली सचेत नागरिकले नबोलिकन बस्यो भने  झन्झन् संकटहरु बढदै जाने र प्रतिक्रियावादीहरु सफल हुदै जाने कुरा माथी प्रकाश पार्नुभयो । 

उक्त सभाको प्रमुख अतिथिको भुमिकामा बस्नुभएका नेकपा(क्रान्तिकारी माओवादी ) का केन्द्रीय सद्स्य तथा कर्णाली प्रदेश सेक्रेटेरी दिपक बहादुर शाहीले यो दलाल संसदीय व्यवस्थाले जनता संबैधानिक अधिकार  सुनिश्चित गर्न नसकेको, नेपालको असङ्लग्न  परराष्ट्र नीति विपरीत एमसीसी सम्झौता गरेको, भ्रष्टाचारी, घुसखोरी, बलात्कारी बढेको कारणले गर्दा नेपालको रास्ट्रियता, जनतन्त्र र जनजीविका ओझेलमा परेको कुरा बताउदै अब यसको विकल्पमा नयाँ जनवादी व्यवस्था स्थापना गर्न सम्पुर्ण नेपाली जनता यो अभियान हुदै आन्दोलनमा उत्रीनु पर्ने कुरा बताउनु भयो ।

बहिष्कार अभियान टोलीमा साँस्कतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।