सिन्धुली जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको जिल्ला भेला सम्पन्न

सिन्धुली जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको जिल्ला भेला सम्पन्न

बैशाख ८ सिन्धुली ।
बैशाख ८गते सिन्धुली जिल्लाको सिन्धुली माडी बजारमा अखिल क्रान्तिकारीको जिल्ला भेला नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला ईन्चार्ज पार्टी केन्द्रीय समितिको सदस्य जीवनको प्रमुख आतिथ्यमा बिध्द्यार्थी नेता दिपेश जर्गा मगरको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलाले दिपेश जर्गा मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ , जसको उपाध्यक्षमा सुनिता बस्नेत, सचिवमा नारायणहरि बस्नेत सदस्यहरु सुजन रसाइली ,बसन्त चुमी ,बसम चुमी, युबराज वाइबा, सुरज तामाङ, बिशाल लामा, अनिश मोक्तान, रन्जित भुजेल, रमेश रम्तेल र यम बहादुर बिक चुनिनु भएको छ ।


सोही दिन नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समितिको चुनाव बहिष्कार अभियान दलको आयोजनामा सिन्धुली जिल्लाको बिभिन्न पालिकाहरुमा चुनाव बहिष्कार अभियानमा घरदैलो, सगठन गठन पुनर्गठन, सगठन सुदृढ गर्दै संगठन शुद्धिकरण गर्दै बहिष्कारको पर्चा वितरण, पोष्टर र भिते लेखन चुनाव सकृय बहिष्कार गरौं भन्ने नाराका साथ अगि बढीरहेको छ ।
जिल्ला समिति ईन्चार्ज जिवनको नेतृत्वमा जिल्ला समिति सेक्रेटरी सुवर्ण ,पार्टी प्रदेश कमिटीको सदस्यहरु, जिल्ला समिति सदस्य जिल्ला भरि खटिएका छन् भने ईलाका सदस्य र संपूर्ण पार्टी सदस्यहरू हरेक वडा र टोल संम्म परिचालित भएका छन् । सिन्धुली जिल्लाको तल संम्म बैठक सम्पन्न गरि बहिष्कारको प्रचार प्रसारको चरणमा पुगेको छ ।