बैशाख ६ काठमान्डौ ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) टोखा,तारकेश्वर र बुढानिलकण्ठ नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियानले आज तारकेश्वर नगर पालिकाको लोकतान्त्रिक चोकमा कोणसभा सम्पन्न गरेको छ ।
२०७८ फागुन २५ गतेदेखि २९ गतेसम्म बसेको नेकपा ( क्रान्तिकारी माओवादी ) को केन्द्रीय समितिको पूर्ण बैठकले नेपालको दलाल सरकारले यही २०७९ बैशाख ३० गते गर्ने भनिएको कथित स्थानीय निर्वाचनलाई सशक्त रुपले बहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको उक्त संसदीय व्यवस्था भित्रको स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्ने उद्श्येले नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला समिति काठमाडौंले विभिन्न समुह बनाएर जिल्ला व्यापीरुपमा व्यापक रुपले उक्त कथित निर्वाचन बहिष्कार अभियानलाई सञ्चालन गर्ने गरे बमोजिम निर्माण भएको टोखा,तारकेश्वर र बुढानिलकण्ठ नगर पालिकका अभियान बीचमा तीनवटा नगरहरुको संयुक्त बहिष्कार अभियानका कार्यक्रम अन्तर्गत भेला,बैठक,प्रशिक्षण, स्कुलिङ , पार्टी प्रवेश गर्ने , गराउने र कोणसभा गर्ने , पर्चा पम्पिलेट वितरण गर्ने , विरोध जुलुस गर्ने , भित्तेलेखन र पोस्टहरु टाँस्ने , संसदीय व्यवस्थाको भण्डाफोर गर्ने लगायतका विविध कार्यक्रम गर्दै आउने सिलसिलामा टोखाको बसुन्धारा र बुढानिलकण्ठको नारायणस्थानमा पहिले नै कोणसभा सम्पन्न गरिसकेको थियो । त्यसकै निरन्तरतामा आज तारकेश्वरको लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गरेको थियोे ।


संयुक्त अभियान टोलीका प्रमुख प्रवीणको अध्यक्षतामा सम्पन्न उक्त कोणसभालाई अभियान टोलीका कमान्डर तथा प्रमुख अतिथि रीनाले “ एमसीसीको कारण नेपाल राज्य अमेरिकी साम्राज्यवादको क्रिडास्थल बन्ने सम्भावना बलियो हुँदै गएको बताउनु भयो । त्सस्तै अर्का अतिथि सन्ध्याले “ विगत पाँच वर्षको अवधिमा दुई तिहाईको सरकार बनाएको पार्टीको हविगत के भयो भन्ने दृष्टान्त प्रस्तुत गर्दै जनयुद्धको लक्ष्य राजतन्त्र हटाउनु मात्र नभएर देशलाई स्वाधीन बनाउने र नेपाली जनताका सबै प्रकारका शोषण , उत्पीडन र विभेदबाट मुक्त गराउनु थियो “ भन्ने विचार राख्नुभएको थियोे । साथै नारायणभक्तले “ निर्वाचन मत माग्न आउने देशद्रोहीका दलालहरुसंग सावधान रहन “ आम जनसमुदायलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर