माओवादी केन्द्र परित्याग गर्दै दर्जनौ क्रान्तिकारी माओवादीमा ध्रुवीकृत, ‘क्रान्तिकारी र अवसरवादीहरुको पार्टी एउटै हुन सक्दैन : महासचिव किरण’

माओवादी केन्द्र परित्याग गर्दै दर्जनौ क्रान्तिकारी माओवादीमा ध्रुवीकृत, ‘क्रान्तिकारी र अवसरवादीहरुको पार्टी एउटै हुन सक्दैन : महासचिव किरण’

 

कञ्चनपुर । कञ्नचनपुरको बेदकोट नगरपालिका वडा १० का दर्जनौ नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत भएका छन् । कैलालीको अत्तरीयामा भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जय बहादुर रोकाया ,हर्केश भन्डारी, पुर्ब जनमुक्ति सेना नेपाल लक्की, बिरेन्द्र पार्की, प्रेम राना,गणेश नेपाली ,दान बहादुर रावल,राज भट्ट, जनक कामीलगायत दर्जनौं नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका हुन् ।

पार्टी पुनर्मिलन नाम दिइएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र पार्टी प्रवक्ता हरिभक्त कँडेलले ध्रवीकरण अर्थात् पार्टी पुनर्मिलनमा आएका नेता कार्यकर्ताहरुलाई अविर लगाएर पार्टीमा स्वागत गर्नुभयो । क्रान्तिकारी माओवादी महासचिव किरणले पुनर्मिलनमा आएका नेताहरुलाई बधाई र धन्यवाद समेत दिनुभयो । र, उहाँले भन्नुभयो, “क्रान्तिका लागि सबै छरिएर रहेका क्रान्तिकारी एकै ठाउँमा आउनु पर्छ । अवसरवादी र क्रान्तिकारीहरुको एउटै पार्टी हुन सक्दैन ।”

उहाँले राष्ट्रियता स्वाधीनता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको समाधानका लागि नयाँ जनवादी क्रान्तिको अपरिहार्यतामाथि जोड दिंदै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्नका लागि छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध हुन आव्हान समेत गर्नुभयो ।

राष्ट्रियता खतरामा परेको वेला गरिने निर्वाचनको कुनै महत्व नरहने बताउनु हुँदै उहाँले दलाल संसदीय व्यवस्था असफल हुँदै गएकोले अबको बिकल्प क्रान्तिकारी माओवादीले अघि सारेको नयाँ जनवादी गणतन्त्र मात्र रहेको पनि दाबी गर्नुभयो । पार्टीले चुनाव बहिष्कार गर्ने नीति लिएकोले सबैले मिलेर चुनाव बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पुनर्मिलन कार्यक्रममा प्रवेस गरेका नेताहरू स्वगत गरेर बधाई दिदै  नेकपा क्रान्तिकारी माओवादी प्रवक्ताले भने प्रचण्ड माओवादी सिद्धान्त विचारबाट पतन भएकोले पार्टी अलग भएको बताउनु भयो । अन्य पार्टीमा रहेका क्रान्तिकारीहरूसंग एकता सहकार्य र कार्यगत एकता जारी रहेको पनि बताउनु भयो । उहाँले पुर्व माओवादी प्रचण्डसंग कुनै पनि हालतमा एकता सम्भव नरहेको पनि स्पष्ट पार्नुभयो ।

 

नेकपा क्रान्तकारी माओवादी पार्टीमा प्रवेस गरेका जय वहादुर रोकायाले भने– हामीले लामो समयसम्म माओवादी केन्द्रमा काम गर्यौ र उक्त पार्टिले शान्तिप्रक्रियापछि राजनीतिक, सैद्धान्तिक र बैचारिक आन्दोलन भन्दा कुनै मुठीभर मान्छेलाई अकुत सम्पतिको मालिक बनाउने र सोझा ईमानदार कार्यकर्तालाई दास बनाउने सामन्तवादी संस्कार बढेको, बैचारिक हिसाबले ,दलाल पुराना पार्टीको मतियार बन्दै पुच्छर समाउदै हिडेकोले, त्यो पार्टीमा बस्नुको कुनै अर्थ नभएकोले निरन्तर वर्गीय क्रान्तिको पक्षधर एक मात्र पार्टी क्रान्तिकारी माओवादी भएकोले हामी पुनः पुनर्मिलनमा फर्किएका हौं ।’

‘अब यो देशको एकमात्र सच्चा क्रान्तिकाकारी पार्टी क्रान्तकारी माओवादी पार्टी हो । हामी क्रान्तिकारी माओवादी पार्टीले लिएको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्ति र सशस्त्र जनविद्रोहको पक्षमा छौं।आम उत्पीडित समुदायलाई दलाल संसदीय ब्यबस्थाको मतियार बन्नु भन्दा कथित स्थानीय निर्बाचन बहिष्कार गर्न गोलबन्द्द हुन हामी पुनर्मिलनमा फर्किएका हौं ।’

 

पुनर्मिलन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य डायमन्ड , हरि सुवेदी, लाल,  किरण , रूद्र कँडेल , सुदुरपश्चिम प्रदेस सेक्रेटरी तथा केन्द्रिय सदस्य राम बहादुर महरा , देजमो सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य बिष्णु राम दमाई, अखिल क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश संयोजक तथा केन्द्रिय सदस्य पुष्कर जोशी, कैलाली जिल्ला सेक्रेटरी लगायत जनवर्गीय संगठनका नेता तथा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको उपस्थित रहेको थियो । पार्टी प्रवेस तथा पुनर्मिलन कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी कैलाश जैशीले गर्नुभएको थियो।