नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला भेला भव्य रुपमा सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला भेला भव्य रुपमा सम्पन्न

५ वैशाख ललितपुर ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला भेला भव्य रुपमा सम्पन्न भएकोछ । वैशाख ५ गते पाटन संयुक्त क्याम्पस, ललितपुर जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी)स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्दिय अध्यक्ष सी.पि गजुरेलको प्रमुख आतिथ्यतामा र अखिल ( क्रान्तिकारी ) केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो ।

उक्त भेलामा देजमो नेपालका अध्यक्ष नेता सी.पि गजुरेलले विधार्थी तप्काहरु चुप लागि बस्न नहुने यसकालागि संगठित हुँदै संधर्षहरुमा विधार्थीहरु राष्ट्रियता, जनजीविकाका तमाम समस्याहरुलाई सचेत तरिकाले उठान गर्दै आन्दोलन चर्काउदै दलाल, माफिया विरुद्ध आन्दोलनको नेतृत्व गर्न विधार्थीहरु अग्रिम मोर्चामा लाग्नु पर्ने बताउनु भयो ।

यसैले विधार्थीहरुले आफु वदलिदै समाज बदल्न राजनीतिमा सम्लग्न हुनु पर्ने बताउनु भयो । यस्तै अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुलेलले विधार्थीहरुले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विरुद्ध अखिल(क्रान्तिकारी) हरुले सारा विधार्थीहरुको नेतृत्व गरेर प्रत्येक स्कुल,क्याम्पसहरुमा पढ्किनु पर्ने बताउनु भयो । शिक्षा क्षेत्र माफियाहरुको कव्जामा रहेको समय सम्म जनताका छोराछोरीहरुकने भविष्य सुनिश्चित नहुने भएकोले यसका विरुद्ध लड्न तयार हनुपर्ने बताउनु भयो। ।

ने.क.पा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्ला सेक्रेटरी स्याम के.सिले युवा विधार्थीहरु सचेत रहदै आन्दोलन र संधर्षलाई बढाउनु पर्ने बताउनु भयो ।

उक्त भेलामा अखिल(क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष शीलु न्यौपाने, महासचिव पेसल दाहाल, सचिव राम तिरुवा, प्रभात भट्टराई , नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज कगेन्द्र महर्जन, जनस्वास्थ्य केन्द्रिय संयोजक ईन्दिरा अधिकारी, विगेसो अध्यक्ष पदम लिम्बू, प्राध्यापक संगठनका केन्द्रीय सदस्य चिदानन्द यादव, लगायत स्थानीय नेता र अखिल(क्रान्तिकारी) का केन्द्रीय स्तरका नेताहरुको समेत उपस्थिति रहेको थियो ।