२४ चैत्र बुटवल ।
नेकपा (क्रान्तिकारी माओवादी ) रुपन्देहीले ३३ औं जनआन्दोलन दिवस बुटवलमा सप्पन्न गरेको छ । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी )का प्रदेश सदस्य लक्ष्मीकान्त पौडेलले २०४६ को आन्दोलन चैत्र २४ को जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेकाएको र २०६२ सालको चैत्र २४ को जनआन्दोलनको शुरुवातले गणतन्त्र स्थापना भएको र त्यसको नेतृत्व नयाँजनवादी क्रान्तिका पक्षधरले गरेका कारण चैत्र २४ गतेको आफ्नै ऐतिहासिक महत्त्व रहेको छ भन्नू भयो । कार्यक्रममा नवगठित राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष चिन्तामणि शर्मालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।