२४ चैत्र विरेन्द्रनगर सुर्खेत ।
नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशले ३३ औं जनाअन्दोलन दिवस प्रदेशको सदरमुकाम विरेन्द्रनगर सुर्खेतमा मनाइयो । कर्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका नेता नेत्र बहादुर शाहीले नेपालको शिक्षा प्रणालीले ठूलो वर्ग भेद गरेको धनी पुँजीपतीहरुले पढ्ने विद्यालय र गरिवले पढ्ने विद्यालयहरु फरक फरक रहेको हुनाले वर्ग बिचको खाडल अझ बढ्दैछ भन्ने कुरामा प्रकाश पार्नु भयो ।


त्यसैगरी सम्बोधनका क्रममा क्रान्तिकारी युवा लिगका विकल्पले यो देशका हरेक परिवर्तनमा युवाहरुको अपरिहार्यताका बारेमा प्रस्ट पार्दै नयाँ जनवादी क्रान्तिको तयारीका चरण सिघ्राधी सिघ्र गर्नुपर्नेमा जोड्नु भयो । दलित मुक्तिमोर्चाका ललित विकले ३३औं जनान्दोलन दिवस मनाउदै गर्दा निरन्तर दलित माथी विभेद तथा यातना गरेरहेका घटना बढ्नु यो व्यवस्थाको असफलता हो र यसको विकल्प छिट्टै खोज्नुपर्ने कुरा बताउनु भयो । बौद्धिक व्यक्तित्व नारायण न्यौपानेले आसन्न निर्वाचन गर्नुको कुनै औचित्य नरहेको सार गर्वित कविता वाचन गर्नु भयो ।


देजमोका कर्णाली प्रदेश सयोजक तेजविक्रम शाहीले सम्बोधनका क्रममा यो सरकार निकम्मा भैसकेको र यसको विकल्प चुनाव नभै क्रान्तिको तयारी नै भएको कुरामा जोड दिनुभयो । कार्यक्रमका प्रमुख वक्ता पार्टी पोलिट्ब्युरो सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज सीपी शर्माले अहिले पन्चेश्वर तथा महाकाली सम्झौताका विषयलाई सत्ताधारी तथा आकान्क्षी दलहरुले चुनावी नारा बनाएको कुरा प्रस्ट्याउदै हाल बजारमा देखिएको मुद्रा सन्कुचनको मुख्य कारण चुनावी दलहरुले चुनावको लागि गरेको जम्मा खोरी भएको बताउनु भयो । कर्यक्रमको समापन कार्यक्रमका सन्चालक तथा कालिकोट जिल्ला सेक्रेटरी तथा इन्जार्च कर्ण बहादुर बिसि “किरण“ ले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर