२४ चैत्र चौतरा ।
नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओबादी)सिन्धुपाल्चोक जिल्लाले ३३ औ जन आन्दोलन दिवस आज सम्पन्न गरयोे । उक्त अवसरमा सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालय उद्घघाटन पनि गरियो ।
ती दुवै कार्यक्रममा प्रमुख अतिथी नेकपा (क्रान्तिकारी माओबादी)का पिविएम सागरद्वारा दिप प्रज्वलन तथा कार्यालय बोर्डमा रीवन काटी उद्घाटन गरिएको थियो । कायक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओबादी)का केन्द्रीय सदस्य शिव श्रेष्ठले गर्नु भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी सागरले जन आन्दोलनको महत्व बारे प्रकाश पार्नु भएको थियो । अन्य बक्ताहरुमा नेकपा मालेका प्रतिनीधि प्रदेश व्यूरो सदश्य . कृष्ण बाहादुर ठकुरी अनेम संघ क्रान्तिकारीका अध्यक्ष कमला श्रेक्ष्, विद्यार्थी नेता जिल्ला अध्यक्ष रविना श्रेष्ठ, जनस्वास्थ सयोजक निरोज तामाङ, किसान नेता पहल मान श्रेष्ठ, दे ज मो अध्यक्ष तिलक श्रेष्ठ, तामाङ मोर्चाका प्रदेश सचिव धन गोलेद्वारा शुभकामना मन्तव्य राखिएको थियो । उक्त कार्यक्रमको संचालन नेकपा (क्रान्तिकारी माओबादी) सिसिएम तथा पार्टी जिल्ला सेक्रेटरी ज्ञानु खतिवडाले गर्नु भएको थियो । कार्यक्रमको े अन्तमा कार्यक्रमका अध्यक्ष शिव श्रेष्ठद्वारा समापन गरिएको थियो ।
































