संसदीय ब्यबस्था नाङ्गिएको छ
यहाँका
संसदबादी दलहरु झन नाङ्गिएका छन्
नेताहरुको त कुरै नगरौ
उनीहरु झन यति नाङ्गिए की
उनलाई देख्न त के नामै सुन्न लाजलाग्ने भयो
यस्तो पाजी ब्यबस्थामा चुनावको के अर्थ ?
हो
त्यसैले हामी बहिस्कार गर्छौ ।

लोकतन्त्र भनेको जनतन्त्र हो ÷गणतन्त्र हो
जनतन्त्र भनेको जनताको शासन हो
जनताको सासनमा त
न्याय हुन्छ ÷समानता हुन्छ
इमान्दार, सज्जनहरुको कदर हुन्छ ÷सम्मान हुन्छ
स्वच्छ प्रतिष्पर्धा हुन्छ
असल मान्छेको जीत हुन्छ
असल मान्छेले देश र जनताको हित गर्छ
तर यहाँ ठिक उल्टो भईरहेछ
यहाँ त
नपुङ्सक नागाहरुले जित्ने खेल हुन्छ
धन र डनको बलमा
गाउँ –गाउँमा रक्सी र मासुको भेल हुन्छ
यस्तो घृणित चुनावको के अर्थ ?
हो,
त्यसैले हामी यसलाई असफल पार्न बहिस्कार गर्छौ ।

मरणासन्न ब्यबस्था टिकाउन
राष्ट्रघाती चण्डालहरुलाई
फेरी अर्को लाइसेन्स दिन
राष्ट्रको ढुकुटी रित्याएर
मुलुकलाई हरिकङ्गाल गराउन
चोरलाई चापी दिएर
जनताको खुन–पसिना लुटाउन थालिएको
वर्ग–बैरीहरुको नौटङ्गीपूर्ण यो चुनावको के अर्थ ?
हो,
त्यसैले हामी यसलाई सशक्त बहिष्कार गर्छौ ।

साढेहरु मत्ताई रहेछन्
सगरमाथा भत्काई रहेछन्
उन्मत्त सेतो आतङ्क मच्चाएर
धर्ति कोलाहल बनाई रहेछन्
फेरी तिनै मत्ताहा साढेहरु
झुट,भरम् र रित्ता सपनाका पुलिन्दाहरु बोक्दै
गाउँ –गाउँ डुलि रहेछन्
जाड–रक्सीका म्चबmमा जहर घोलेर
मात्र यौटा अमूल्य भोटको दुरुपयोग गर्न
उनिहरुको जीवन बर्बाद गरिरहेछन्
कुखुराको चल्लासरी
मानिसको खरिद–बिक्री गरेर
मानव अधिकारको हनन् गरिरहेछन्
यस्तो नीच ब्यबस्था र शासन सैलीमा
ञञजात हाल्नु गहतको झोलमाझझ भनेझै
चुनाव उपयोगको के अर्थ ?
हो, त्यसैले त हामी
मक्किएको राज्यसत्ता ध्वस्तपार्न
विभिन्न रुप रङ्गका साढेहरुको राम्ररी ढाड मस्काउन
चुनावको सशक्त बहिष्कार गर्छौ
पर्तिरोध सङ्घर्षको सुरुवात गर्छौ ।
खबरदार !
देश बेचुवा दलालहरु गाउँ –गाउँ नपस ।
२०७८÷१२÷२२

प्रतिक्रिया

सम्बन्धित खवर