नेकपा (क्रान्तिकारी माओवादी) कास्की जिल्ला समितिको आयोजनामा ३३औ जनआन्दोलन दिवस सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) कास्की जिल्ला समितिको आयोजनामा ३३औ जनआन्दोलन दिवस सम्पन्न

  २४ चैत्र  पोखरा कास्की।
कास्की जिल्लाको पोखरामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) कास्की जिल्ला समितिको आयोजनामा ३३औ जनआन्दोलन दिवस सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) पोलिट ब्यूरो सदस्य एबम् ४ नम्बर प्रदेश सेक्रेटरी केश वहादुर परियारले ऐतिहासिक प्रथम जनआन्दोलन २०४६ साल चैत्र २४ गतेको संस्मरण गर्दै त्यसको महत्व माथी प्रकाश पार्नु भयो । दोस्रो जनआन्दोलनले नेपालमा संविधान सभाको निर्वाचन, संघिय गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रनिीधित्व जस्ता सिमित उपलब्धीहरु त भए तर जनताका आधारभूत अधिकारहरु प्राप्त हुन सकेनन् । शिक्षा, स्वास्थ्य, रोजगारी अनिवार्य हुन सकेन ।
त्यसैले नेकपा (क्रान्तिकारी माओवादी) ले वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएको छ । वर्तमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि अनेकौं जनआन्दोलन, संघर्ष र दश वर्षीय जनयुद्ध भए । प्रतिक्रियावादी षडयन्त्र, अवसरवादीहरुका धोका तथा गद्दारीका कारण ती संघर्षहरु सफल हुन सकेनन् र जनताका सपना पुरा हुन सकेनन् । जनविरोधी सरकारहरुद्वारा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति संघर्षमा उत्रिंदै आएका जनताका आवाज सुन्नुको सट्टा उल्टै दमन गर्ने काम भयो । यी सबै तथ्य र यथार्थलाई आत्मसात गर्दै २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनकलाई हाम्रो पार्टीले सशक्त बहिष्कार गर्ने निणर्य गरेको छ । यस स्थितिमा देश र जनताको हितमा, मुक्ति र अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै जानु पर्ने भएको छ । आगामी वैशाख ३० गते हुन गइरहेको प्रतिक्रियावादी स्थानीय निर्वाचनको सशक्त रुपमा बहिष्कार गर्न र बहिष्कार आन्दोलनलाई सफल पार्नका लागि सम्पूर्ण पार्टी कार्यकर्ताहरु र जनसमुदायलाई आब्हान गर्नु भयो ।
त्यसै गरी कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबम् कास्की जिल्ला इन्चार्ज रामजी थापाले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको निणर्य अनुसार राष्ट्रिय स्वाधीनताको रक्षाको लागि र जनतन्त्र, जनजीबिका, असमान सन्धि सम्झौताहरु खारेज गर्न संघर्ष गर्ने निणर्यका साथ अघि बढेको ऐतिहासिक जनआन्दोलन २०४६ साल चैत्र २४ गतेको संस्मरण गर्दै त्यसको महत्वको बारेमा प्रकाश पार्नु भयो । ऐतिहासिक जनआन्दोलन २०४६ साल चैत्र २४ गतेको संस्मरण गराउँदै संयुक्त वाम मोर्चा र नेपाली कांग्रेसको संयुक्त आन्दोलन र जनताको उभारले ३० बर्षे पञ्चायती ब्यवस्थाको अन्त्य गरी वहुदलिय ब्यवस्था स्थापना गर्न सफल भयो । संसदवादी दलहरुको सत्ता स्वार्थका कारण राजा सहितको प्रजातन्त्र स्विकार गरियो र नेपाली जनताले खासै परिवर्तनको महसुश गर्न पाएनन् ।
फलस्वरुप २०५२ बाट जनयुद्ध शुरु भयो । तत्कालिन नेकपा (माओवादी) पार्टीको नेतृत्वमा सञ्चालित जनयुद्ध सफलताको उत्कर्ष तर्फ पुगिरहेको बेला अन्य वामपंथी क्रान्तिकारी पार्टीहरु र संसदवादी पार्टीहरु पनि आन्दोलनमा जाने सम्भौता भयो र ०६२ ÷ ०६३ को दोस्रो जनआन्दोलन सफल भयो । उक्त जनआन्दोलनले नेपालमा २४० बर्ष सम्म एकक्षत्र राज गर्न सफल शाहवंशिय एकदलिय निरङकुश ब्यवस्थाको मात्र अन्त्य गरेन राजसस्था कै अन्त्य गर्यो । ऐतिहासिक जनआन्दोलन २०४६ साल चैत्र २४ गतेको आमहडतालको औचित्य र त्यसको महत्व अझ बढेर गयो । वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र त्यसको विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष आजको आवश्यकता हुन आएको छ । आगामी बैसाख ३० गते हुने स्थानीय चुनावको सकृय बहिष्कार गरौं र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अगि बढौँ भन्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सल्लाहाकार भिम वहादर श्रीस मगर, अखिल नेपाल लेखक संघ प्रदेश समितिका अध्यक्ष परशुराम कोइराला, पार्टीका प्रदेश समितिका सदस्य काजीबाबु श्रेष्ठ, पार्टीका जिल्ला कमितिका सदस्यहरु सिता परियार, बिना बुढाथुकी, हिमाल आले लगायत कास्की जिल्लाका पार्टी कायकर्ताहरु, सदस्यहरु र समर्थकहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी कर्ण पुनले गर्नु भएको थियो ।