चैत्र २२ रौतहट ।
क्रान्तिकारी युवा लिग नेपालको प्रथम रौतहट जिल्ला भेला सफलतापूर्वक सम्पन गरिएको छ । भेलाले रामसोगरत साहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ, जसको सचिवमा राजाराम साह चयन हुुनु भएकोछ ।
भेलाको प्रमुख अतिथिमा नेकपा(क्रान्तिकारी माओवादी)का के.स. तथा क्रान्तिकारी युवा लिगका केन्द्रिय अध्यक्ष आकाश, विशेष अतिथीमा नेकपा(क्रान्तिकारी माओवादी)का के.स. तथा रौतहट जिल्ला इन्चार्ज प्रहलाद साह र अन्य अतिथिमा रौतहट जिल्ला पार्टि सचीव राकेश मुखिया हुुनु हुन्थ्यो ।
भेलाको अध्यक्षता बिनोद रामले गनु भएको थियो भने संचालन राजाराम साहले गनु भएको थियो ।































